प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगितामा म्याग्दी प्रथम, तनहुँ द्वितीय
भञ्ज्याङन्यूज

गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगितामा तनहुँ द्वितीय भएको छ । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेश र पोखरा टेलिभिजनले संयुक्त रुपमा आयोजनामा शनिबार पोखरामा आयोजित प्रतियोगितामा तनहुँको म्याग्दे गाउँपालिकास्थित बेदकालिका कृषि समूह द्वितीय भएको हो ।
प्रतियोगितामा म्याग्दी प्रथम भएको छ भने कास्की तृतीय भएको छ । त्यस्तै स्याङ्जाले सान्त्वना पुरस्कार प्राप्त गरेको छ। मुस्ताङले प्रोत्साहन पुरस्कार प्राप्त गरेको बताइएको छ ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार रुपैयाँ र प्रमाणपत्र, द्वितीयलाई १५ हजार रुपैयाँ र प्रमाणपत्र, तृतीयलाई ९ हजार रुपैयाँ र प्रमाणपत्र र सान्त्वना हुनेलाई तीन हजार रुपैयाँ र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
कृषि ज्ञान केन्द्र तनहुँले केही दिन अगाडी आयोजना गरेको प्रतियोगितामा बेदकालिका जिल्ला स्तरमा प्रथम हुन सफल भएको थियो । प्रथम हुँदै उक्त समूहले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाएको केन्द्रका लेखा अधिकृत विजय कुमार श्रेष्ठले जानकारी गराए ।
यस्तै, पुरस्कृत समूहलाई प्रदेशका कृषि तथा भूमि व्यवस्थान मन्त्री महेन्द्रध्वज जिसी, कृषि विकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले पुरस्कार प्रदान गरेका थिए ।