तनहुँ मासुमा आत्मनिर्भर : यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन

जिल्लामा मासु उत्पादन वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ ।

गत वर्षका तुलनामा यस वर्ष ११९ मेट्रिक टन बढी मासु उत्पादन भएको भेटेनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । वार्षिक चार हजार ५२६ दशमलव ३८ मेट्रिक टन आवश्यक पर्ने जिल्ला उत्पादन वृद्धि भएपछि मासुमा आत्मनिर्भर बनेको छ ।

दूध र अण्डामा आत्मनिर्भर बनेर अन्य जिल्लामा निर्यात गर्न थालेको तनहुँ पछिल्लो समय मासुमा समेत आत्मनिर्भर बनी निर्यातसमेत गर्न थालेको छ । कृषकको आकर्षण माछामासु र पशुपक्षीपालनतर्पm बढेसँगै माछामासुमा जिल्ला सक्षम बन्न सकेको छ ।

केही समय पहिलासम्म माग पूरा गर्न नसक्दा व्यवसायीले छिमेकी राष्ट्रबाट खसीबोका ल्याउने गरे पनि अहिले उत्पादन बढेपछि आयात प्रायःशून्य भएको केन्द्रका सूचना अधिकारी डा शर्मिला कुमालले बताउनुभयो ।

विदेश गएर फर्किएका युवा, सेवा निवृत्त सुरक्षाकर्मी तथा शिक्षक एवं कर्मचारीको पनि पशुपालनमा रुचि बढ्न थालेपछि मासु उत्पादनमा वृद्धि हुँदै गएको छ । कोभिड–१९ का कारण सरकारले केही महिना यत्रतत्र हिँड्डुल गर्न प्रतिबन्ध लगाएपछि फुर्सदका समयमा कतिपय मानिसले पशुपालन र तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

नश्ल सुधार गरी उन्नत पशुपालनलाई प्रोत्साहन, उन्नतजातको घाँस खेतीमा विस्तार, व्यावसायिक फार्मको विस्तार, सहकार्यमा अनुदान वितरण जस्ता कार्यक्रम सञ्चालनमा आएपछि पशुपालनतर्फ कृषकको आकर्षण बढेको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले बताउनुभयो ।

पशुपालनमा व्यावसायिक कृषक बढेकाले खसी, बोका, राँगा खरीद गर्न सजिलो भएको दमौलीका मासु व्यवसायी बताउँछन् । गाउँबाट कृषकले बजारमा ल्याएर खसीबोका, कुखुरा, माछा,राँगोलगायत पशुपक्षी बिक्रीका लागि ल्याउन थालेपछि अन्य मुलुकको मुख ताक्न नपरेको झलक मासु पसलका सञ्चालक झलकबहादुर आले बताउनुहुन्छ । “पहिला पहिला मासुका लागि गाउँगाउँ घुम्नुपथ्र्यो” उहाँले भन्नुभयो, “अहिले त बिक्रीका लागि बिक्रेता पसलपसलमा आउन थालेपछि सहज भएको छ ।”

मासु प्रतिव्यक्ति प्रतिवर्ष १३ किलो आवश्यक पर्छ । उत्पादन भने १४ दशमल ६२ किलो रहेको कार्यालय प्रमुख डा श्रेष्ठले बताउनुभयो । तनहुँ मासुमा आत्मनिर्भर भइसकेकाले अब अन्य जिल्लामा निर्यात गर्ने उद्देश्यले पशुपालन कृषकलाई प्रोत्साहन गर्न समयसमयमा तालीम, गोष्ठी, अनुदानलगायत कार्य गरिँदै आएको उहाँले जानकारी दिनुभयो। रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker