व्यास नगरपालिकाले १५ स्वर्ण सहित राष्ट्रपति रनिङ शिल्ड जित्यो

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा सम्पन्न १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी व्यास नगरपालिकाले जितेको छ । व्यास नगरपालिकाले १५ स्वर्ण, १ जत र ९ कास्य पदक सहित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता बन्न सफल भएको हो ।

दमौली स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेर शुक्लागण्डकी नगरपालिका उपविजेता बन्न सफल भएको छ ।

तनहुँका १० वटै पालिकामा सञ्चालन गरिएको प्रतियोगिताबाट छनौट भइ आएका विद्यार्थी खेलाडीहरु बीच विभिन्न खेलकुदमा गरिएको प्रतिस्पर्धामा ३ स्वर्ण, १ कास्य सहित बन्दीपुर गाउँपालिकाले तृतीय स्थान प्राप्त गर्न सफल भएको छ ।

विजेता व्यास नगरपालिकालाई ट्रफी र रनिङशिल्ड प्रदान गरिएको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

छात्रछात्रा भलिबलतर्फ दुवैको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ । त्यस्तै छात्रछात्रा दुवैमा भिमाद नगरपालिका द्वितीय भएको छ । छात्रतर्फ तृतीय देवघाट गाउँपालिका र छात्रातर्फ आँबुखैरेनी गाउँपालिका तृतीय भएको छ ।

कबड्डी छात्रमा प्रथम बन्दीपुर गाउँपालिका, द्वितीय म्याग्दे गाउँपालिका र तृतीय व्यास नगरपालिका भएको छ । छात्रातर्फ व्यास नगरपालिका प्रथम, म्याग्दे गाउँपालिका द्वितीय र भानु नगरपालिका तृतीय भएको छ ।

एथलेटिक्समा व्यास नगरपालिका प्रथम, शुक्लागण्डकी नगरपालिका द्वितीय र म्याग्दे गाउँपालिका तृतीय भएको छ ।

प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, कँराते, तेक्वान्दो र उस्सु लगायतका खेल सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहका सात सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो । पालिका स्तरमा आयोजित राष्ट्रपती रनिङसिल्ड प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थी नै जिल्ला स्तरको प्रतियोगितामा सहभागी भएका थिए ।

जिल्ला स्तरमा भएको प्रतियोगितामा उत्कृष्ट प्रतिभा देखाएका एक सय ५० जना खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने पाण्डेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker