राष्ट्रव्यापी छात्र भलिबलको उपाधि जनप्रेमिलाई

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयले स्वर्ण जयन्तीका अवसरमा आयोजना गरेको विद्यालय स्तरीय राष्ट्रव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि जनप्रेमी माविले हात परेको छ । जनप्रेमी माविले फाइनल खेलमा आयोजक पञ्चमुनिदेव माविलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । फाइनल खेलमा जनप्रेमी माविले २५-१९, २५-२१ र २५-१८ लेे सहज जित हाँसिल गरेको थियो ।
राष्ट्रव्यापी छात्र भलिबलको उपाधी जितेको जनप्रेमी माविले शिल्ड, मेडल, प्रमाणपत्र र नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको आयोजक पञ्चमुनिदेव माविले शिल्ड मेडल, प्रमाणपत्र र नगद ३० हजार रुपैयाँ पाउने छ ।
त्यस्तै, तेस्रो स्थान प्राप्त गर्ने गोगन मावि कास्कीले शिल्ड मेडल, प्रमाणपत्र र २० हजार रुपैयाँ प्राप्त गर्ने छ । बिजयी टिमलाई सोमबार पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ । प्रतियोगितामा तनहुँ, स्याङ्जा र कास्की गरी १६ वटा विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए ।










