गजल प्रतिभा पुरस्कार तनहुँका गजलकार डा निरजलाई

यस वर्षको गजल प्रतिभा पुरस्कार डा निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखराद्वारा गण्डकी प्रदेशका एकजना गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईले नेपाली गजलमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै प्रदान गरिने सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो ।

सन्ध्याका सल्लाहकार तथा पूर्वअध्यक्ष दीपक समीपको संयोजकत्वमा संस्थापक अध्यक्ष दिलीप दोषी र पूर्वअध्यक्ष बिर्सना बस्नेत सदस्य तथा अध्यक्ष मोहन भण्डारी र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजल सन्ध्याले उहाँलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित रु एक लाखको अक्षयकोषबाट प्रदान गरिने पुरस्कारमा नगद रु १५ हजार ५५५, सम्मानपत्र र दोसल्ला रहेको छ । ‘मेरो भन्नु केही छैन’ र ‘तलाश’ गरी दुई गजल सङ्ग्रहका साथै ‘धुवाँको धागो’ नामक कविता सङ्ग्रह प्रकाशन गरिसकेका डा भट्टराईका करीब एक दर्जन गीत र गजल रेकर्ड भएका छन् । यसअघि मोतीराम भट्ट–तन्नेरी गजल पुरस्कार र राष्ट्रिय शान्ति गीत पुरस्कारबाट पुरस्कृत प्रतिभा भट्टराईको ‘पल्लव’ नामक गीत–गजलको एल्बम पनि बजारमा आएका छन् ।

तनहुँको भानु नगरपालिका–६, चुँदीमा जन्मेका उनी हाल मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालमा कार्डियो थोरासिक एन्ड भास्कुलर सर्जन तथा जनस्वास्थ्यविद्का रुपमा कार्यरत छन् । सो पुरस्कारबाट यसअघि रुपक वनबासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आरके अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी र बाबु त्रिपाठी पुरस्कृत भइसकेका छन् ।

सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार र अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्दै आएको छ । यस वर्ष भने कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिका कारण मोती जयन्तीकै अवसरमा प्रदान गर्न नसकिएको र स्थिति समान्य भएपछि प्रदान गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker