तनहुँका आनन्दसुन्दर सहित चार साहित्यिकार सम्मानित

भञ्ज्याङ न्यूज

पोखरामा शनिबार चार साहित्यिक श्रष्ठा सम्मानित हुनुभएको छ । साहित्यिक संस्था संघर्षमा कलम पोखराले साहित्य क्षेत्रमा लागेर समाजमा पुर्‍याएको योगदानको आधारमा चार श्रष्ठालाई नगदसहित सम्मान गरेको हो । साहित्यकार तथा लोक गायिका हरिदेवी कोइरालाले चारै श्रष्ठालाई नगदसहित सम्मान गर्नुभएको हो ।

बाबा साहित्य साधक पुरस्कार विसं २०७८ द्वारा तनहुँका साहित्यकार तथा कवि आनन्दसुन्दर श्रेष्ठ र बाबा साहित्य साधक पुरस्कार २०७९ द्वारा लिली अधिकारी सम्मानित हुनुभयो । ऋषिराम रानाभाट स्मृति पुरस्कार २०७८ द्वारा म्याग्दीका लोकनाथ भुसाल र ऋषिराम रानाभाट स्मृति पुरस्कार २०७९ द्वारा कास्कीका साहित्यकार सावित्री गिरीलाई नगदसहित सम्मान गरिएको छ ।

प्रमुख अतिथि साहित्यकार हरिदेवी कोइरालाले मानिसको जीवन संघर्षपूर्ण भएकाले साहित्य क्षेत्रमा कलम चलाउँदै आएका श्रष्ठाले आफ्नो कलम बन्द गर्न नुहने बताउनुभयो । साहित्य क्षेत्रमा लागेका व्यक्तिहरु अझै पनि यो क्षेत्रबाट बाच्न सक्ने अवस्था नरहेकाले सरकारले साहित्य क्षेत्रमा लाग्ने व्यक्तिको हितमा कार्यक्रम ल्याउन जोड कोइरालाले दिनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले राज्यको तर्फबाट साहित्य क्षेत्रलाई बेवास्ता गरिएको बताउँदै कैयौं साहित्यिक श्रष्ठा बिरामी पर्दा उपचार नपाएर भौतारिनुपरेको गुनासो पोख्नुभयो ।

मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले सफल साहित्यकार बन्नका लागि अध्ययन, लगनशीलता र अनुकूल वातावरण आवश्यक पर्ने बताउनुभयो । सम्मानित व्यक्तित्व आनन्द सुन्दर श्रेष्ठले साहित्यिक क्षेत्रबाट समाजलाई परिवर्तन गर्न निकै कठिन भएको बताउँदै सरकारी क्षेत्रबाट साहित्यिक क्षेत्रका लाग्ने व्यक्तिका लागि सहयोग आवश्यक पर्ने बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker