तुुर्केमिनिस्तानका राष्ट्रपतिको अनेकौँ स्टन्ट

तुर्केमिनिस्तानका राष्ट्रपति गुरवानगुली बर्डिमुहामेडोभ अनेक हर्कत गरेर चर्चामा आउँछन् । उनी नयाँ–नयाँ स्टन्टका सौखिन हुन् ।

यसपटक आफ्नो मनपर्ने सुुभ गाडीको छतमा बसेर उनले मिनिगन चलाएका छन् । यस बन्दूूकबाट उनले केही टाढा रहेको पिरामिड आकारको तेलको ड्रमलाई पड्काएको देख्न सकिन्छ । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तर, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरु राष्ट्रपतिको बन्दूक चलाउने क्षमताबाट प्रभावित भएजस्तो लाग्दैन । उनीहरुले अनेक ट्रोल गरिरहेका छन् ।

सुरक्षाकर्मीहरुका लागि ल्याइएका हतियार प्रदर्शन गर्ने क्रममा उनले आफै बन्दूक चलाएका हुन् । उनी अनौठा खाले स्टन्ट गर्न रुचाउँछन् । कहिले आफै -याप हान्छन्, कहिले घाडाचढी गर्छन्, कहिले कार रेसमा भाग लिन्छन् । ६३ वर्षीय गुरवानगुली २००६ देखि निरन्तर तुर्केमिनिस्तानको राष्ट्रपति छन् । उनी २००६ देखि २०१३ सम्म सत्तारुढ डेमोक्रेटिक पार्टीका प्रमुख पनि थिए । राष्ट्रपति बन्नुुअघि उनी २००१ देखि २००६ सम्म उपराष्ट्रपति थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker