बोलबम नुहाउन देवघाट आएका भक्तजनहरु

प्रसिद्ध तीर्थस्थल तनहुँको देवघाटधाममा साउनको पहिलो सोमबार देवघाटस्थित नदीमा बोलबम स्नानका लागि आएका भक्तजन ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार बोलबम नुहाउन आउनेको संख्या उल्लेख्य रहेको थियो । दिनभर करिब ३५ हजार भक्तजन आउने अनुमान गरिएको थियो ।

हालै त्रिशूली नदीमा दुई बससहित यात्रु बेपत्ता भएका तथा वर्षा जारी रहेका कारणले भक्तजनको संख्यामा कमी आएको बताइएको छ ।

तनहुँ, चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा हरेक वर्ष साउन महिनाको सोमबार भक्तजन स्नानका लागि आउने गरेका छन् ।

तस्विर : भञ्ज्याङ










