बन्दीपुरको चन्द्रकोट गढीलाई प्रवर्द्धन गरिँदै

जिल्लाको बन्दीपुर गाउँपालिका–५ स्थित ऐतिहासिकस्थल चन्द्रकोट गढीलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न लागिएको छ । गाउँपालिकाले गढीलाई पर्यटन प्रवर्द्धन गर्ने, भ्रमण वर्ष २०२५ मा ‘रुट लिङ्क’ गर्ने, आगामी पुस ७ गाउँसभा बैठक बस्ने, डुम्रे चिसोपानी र बन्दीपुरमा ‘आउटडोर जिम’ का सामान राख्नेलगायत काम थालेको हो ।
बन्दीपुर गाउँपालिकाको चन्द्रगढीमा बसेको सातौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । बन्दीपुर बजारबाट पूर्वतर्फ पर्ने बाहुनभञ्ज्याङ हुँदै खानीगाउँसम्म सवारीसाधनमा पुगी त्यसपछि २० मिनेट पैदल हिँडेपछि चन्द्रकोट पुग्न सकिन्छ । साथै पृथ्वीराजमार्गको वडा नं ५ स्थित याम्पाबाट थुम्का कोरिखा, बाहुनभञ्ज्याङ हुँदै चन्द्रकोटगढीमा पुग्न सकिन्छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा चन्द्रकोट पर्न थालेपछि यसको महत्व बढ्दै गएको छ ।
इतिहासको अनुसन्धान एवं अध्ययन गर्नेहरूका लागि चन्द्रकोट विशेष महत्वको स्थान भएकाले यहाँको प्रचारप्रसार गरी संरक्षण र प्रवर्द्धनमा स्थानीय निकाय जुटेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्नका लागि गाउँ कार्यपालिका बैठक आयोजना गरी यस ठाउँको विकास गर्न योजना बनाइएको उहाँले उल्लेख गर्नुभयो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन आन्तरिक लेखापरीक्षक श्रीराम पौडेलले गाउँपालिका अध्यक्ष थापा र प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । गाउँपालिकाको पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि यसअघि पनि सिद्धगुफामा कार्यपालिका बैठक बसेको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker