पाँचौ शुक्लागण्डकी महोत्सव : अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

दमौली : शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।

पाँचौ शुक्लागण्डकी महोत्सवअन्तर्गत मङ्गलबार भएको खेलमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो । प्रतियोगितामा बौदीकालीले अर्जुनचौपारीलाई ३–२ सेटले पराजित गरेको हो ।

अर्जुनचौपारी गाउँपालिकाले स्याङ्जाकै पुतलीबजार नगरपालिकालाई पराजित गर्दै फाइनल पुगेको थियो । नवलपुरको बौदीकाली गाउँपालिका तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै फाइनल पुगेको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा स्याङ्जाको पुतलीबजार नगरपालिका विजयी भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै पुतलीबजार तृतीय भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो हुने समूहलाई क्रमशः रु दुई लाख, एक लाख ५० हजार, ५० हजार र चौथोलाई रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker