‘डिम्पल पर्ने गाला….’ बोलको गीत सार्वजनिक

‘डिम्पल पर्ने गाला….’ बोलको गीत सार्वजनिक गरिएको छ । निरज जंग गहतराजको शब्द रहेको गीत सार्वजनिक गरिएको हो ।
प्रताप दास र समिक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा मोडल रमेश विश्वकर्मा, उषा उप्रेदी, सुरज चापागाई र सुशिला निरौलाको अभिनय रहेको छ ।
म्युजिक दिपक शर्मा र म्युजिक एजेन्जर पुरुषोत्तम सुवेदी रहेका छन् भने मिक्सिङ/मास्टरिङ नरेन्द्र वियोगी, रेकर्डिङ समिर कार्की, कोरियोग्राफर प्रविन थापा, निर्माता टिका थापा वि.क, निदेशन बविता श्रेष्ठ (मलेखु)को रहेको छ । गीत सारा इन्टरटेन्मेन्ट अफिसियल युटुव पेजबाट सार्वजनिक गरिएको छ ।
यस अघि गहतराजले ‘झल्को लाग्छ तिमी हाँसेको’ बोलको गीत बजारमा ल्याएका थिए । पहिलो गीत जस्तै डिल्पल पर्ने गाला बोलको गीतलाई पनि माया गर्दिनुहुन उनले दर्शकलाई अनुरोध गरेका छन् ।