ड्युटीमा निदाउँदा पुलिसको कुकुरलाई पर्‍यो महँगो, काटियो बोनस

एजेन्सी

चीनमा पुलिसको एउटा कुकुर हालै कारबाहीमा पर्‍यो र उसले वर्षान्तमा पाउनुपर्ने बोनस काटियो । फुजाई नामक उक्त कुकुरको बोनस काटिनुको कारण चाहिं अचम्मकै छ । वास्तवमा ड्युटीको क्रममा निदाउनु र आफ्नै खानेकुराको कचौरामा पिसाब फेर्नु उक्त कुकुरका लागि महँगो सावित भयो । त्यसकै सजाय स्वरुप फुजाईको वार्षिक बोनस कट्टी गरिएको हो ।

सन् २०२३ को अगष्ट २८ मा जन्मिएका फुजाईलाई केवल दुई वर्षको उमेरमै शेंडोंग प्रान्तस्थित वेइफांग पुलिस कुकुर तालिम केन्द्रमा भर्ती गरिएको थियो । चांगले काउन्टी पब्लिक सेक्योरिटी ब्युरोका प्रशिक्षक झाओ किंगशुआईले उक्त कुकुरलाई एक पार्कमा देखेका थिए र त्यसमा पुलिस कुकुर बन्ने क्षमता रहेको उनले भेउ पाए । तत् पश्चात् उनले बम पत्ता लगाउने तालीम उक्त कुकुरलाई दिए । अन्ततः गतवर्षको जनवरीबाटै उसले विस्फोटक पदार्थ पत्ता लगाउने कुकुरको रुपमा काम गर्न सुरु गर्‍यो ।

फुजाईको माया लाग्दो अनुहार तथा सानो कदले उसलाई चीनमा छिटै नै इन्टरनेट जगतको स्टार बनाइदियो । गत अक्टोबरमा उसले आधिकारिक रुपमा पुलिस कुकुरको रुपमा आफ्नो तालीम पूरा गर्‍यो ।

सोसल मिडियामा रहेको कर्गी पुलिस डग फुजाई एण्ड इट्स कमरेड्स नामक अकाउन्टमा उसका गतिविधिहरु शेयर गर्ने गरिएको छ। फुजाईको उक्त सोसल मिडिया अकाउन्ट वेइफांग पब्लिक सेक्योरिटी ब्युरोले व्यवस्थापन गर्ने गरेको छ ।

सजायको घोषणा

फुलाईले गतवर्षको जनवरी १९ मा आफ्नो उपलब्धिको खुसी मनाएको थियो । उसलाई रातो फूल, खानेकुरा तथा खेलौनाहरु दिएर सम्मान गरिएको थियो । एकजना पुलिस अधिकारीले उसको मिहिनेतको सम्मान गर्दै उसले निकै सानदार काम गरेको बताएका थिए ।

तर, पछिल्ला दिनमा फुजाईका गतिविधि राम्रा रहेनन् । ड्युटीका क्रममा सुत्नु र खानामा पिसाब गरेका कारण उसलाई सजाय दिइयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker