चर्चामा मलिका

नायिका मलिका महत्तले ‘यात्रा’ चलचित्रमा काम गरिन् । डेब्यू चलचित्र औषत चल्दा मलिकाको चर्चा खासै भएन । तर, लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ बोलको गीत ब्लकबस्टर भएपछि मलिकाको चर्चा चुलिएको छ । यो गीतले ३ करोड भन्दा बढी भ्यूज पाउँदा उनको माग म्यूजिक भिडियो बजारमा पनि बढेको छ । मलिका भने आफूले गीत हेरेर काम गरिरहेको बताउँछिन् ।

मलिकालाई रुचाउने दर्शकको संख्या पनि बढेको छ । यसैविच, उनी र नायक पल शाहले अभिनय गरेको ‘टाढा भएपनि’ बोलको फिमेल भर्सन सार्वजनिक भएको छ । यो गीत सार्वजनिक भएको २४ घन्टामै ९ लाख ७२ हजार भ्यूज पाउँदा नयाँ रेकर्ड राख्न सफल भयो । सार्वजनिक भएको २४ घन्टामै सर्वाधिक भ्यूज पाउने गीतको रेकर्ड यो गीतले राख्दै गर्दा मलिकाको चर्चा फेरि चुलियो ।

एकपछि अर्को गीतले दर्शकको मन जितिरहँदा मलिका र पलको जोडीलाई पनि दर्शकले निकै रुचाएका छन् । उनै, मलिका ‘दशौं नेफ्टा फिल्म अवार्ड’को ‘उत्कृष्ट नव–नायिका’ विधाको मनोनयनमा पनि परेकी छिन् । मलिका मनोनयनमा परेपछि अवार्ड नपाउँदा मन दुख्ने पनि बताउँछिन् ।

दर्शकले दिएको मायाले आफूलाई काम गर्न अझै हौसला मिलिरहेको उनले सुनाइन् । मलिकाको ‘पानी फोटो’ नामक चलचित्र पोष्ट प्रोडक्शनमा छ । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker