शुक्लागण्डकी महोत्सवको तायरी तीब्र पारिदै, उत्कृष्ट झाँकीलाई २० हजार पुरस्कार

दुलेगौंडा : तनहुँको शुक्लागण्डकीमा आयोजित चौंथो शुक्लागण्डकी महोत्सवको तयारीलाई तीब्रता दिइएको छ ।
शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको मैदानमा फागुन ९ देखि १० गतेसम्म सञ्चालन हुने महोत्सवको आवश्यक तयारीलाई तीब्रता दिएको महोत्सव मुल समारोह समितिका संयोजक समुन्द्रराम श्रेष्ठले बताए ।
यस्तै, महोत्सवमा उत्कृष्ट झाँकी ल्याउने समूहलाई पुरस्कृत गरिने भएको छ । महोत्सव उद्घाटनपूर्व निकालिने झाँकीमा सहभागी पाँच समूहलाई पुरस्कृत गरिने भएको हो ।
सर्वोत्कृष्ट झाँकी प्रदर्शन गर्ने समूहलाई २० हजार रुपैयाँ प्रदान गरिने झाँकी व्यवस्थापन संयोजक सरस्वती पोखरेलले जानकारी दिइन् । उनका अनुसार दोस्रोले १५ हजार, तेस्रोले १० हजार र चौथो दुई समूहले ५/५ हजार रुपैयाँ पाउनेछन् ।
सबै समूहको मुल्यांकन गरेर उत्कृष्ट छनोट गर्ने उनले बताइन् । ‘समूहको भेषभूषामा एकरुपता, मौलिक बाजागाजा, समूहको संख्या लगायत मापदण्ड हुनेछ’, उनले भनिन् ।
१५० बढी समूह झाँकीसहित महोत्सवको उद्घाटन समारोहमा सहभागी हुने उनको भनाइ थियो। त्यसका लागि गाउँ गाउँमा जातजाती, धर्म संस्कृति अनुसारका संस्थालाई पत्राचार गरिएको छ ।
महोत्सवको मुख्य आकर्षणका रुपमा साँस्कृतिक झाँकी प्रदर्शनी, पर्यटन प्रबर्द्धन, नृत्य प्रतियोगिता, सांगीतिक कार्यक्रम, भलिबल प्रतियोगिता रहेका छन् ।
दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, खानाका परिकार, ऐतिहासिक स्थलको पदयात्रा, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, पुष्प प्रदर्शनी तथा विक्री, सुन्तला, मास, अदुवाको प्रदर्शनी तथा खरिद विक्री हुनेछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker