८ वर्षकी बालिकाको साथी ११ फुटको अजिंगर

दुनियामा हामीले मान्छे मान्छेबीचका मात्र होइन मान्छे र जीवजन्तुबीच घनिष्ट मित्रताका अनेक कथाहरु सुन्ने र पढ्ने गर्दछौँ । कतिपय पत्याउनै नसकिने कथाहरु किम्बदन्तीका रुपमा जनश्रुती र किताबहरुमा समेत सुन्न तथा पढ्न पाइन्छ । तर इजरायलमा चाहिँ एकजना ८ वर्षकी बालिकाले डरलाग्दो अजिंगरसँग अनौठो मित्रता कायम गरेको यथार्थ नै हो ।

इनबर नामकी ती बालिकाको सबैभन्दा मिल्ने साथी भनेकै घरमा पालिएको अजिंगर हो । अरुलाई देख्दै डरलाग्दो त्यो अजिंगर उनीसँगै पौडी खेल्ने साथी पनि हो । यी दुई स्विमिङ पुलमा सधैं सँगै हुन्छन् ।

पहेँलो रंगको उक्त अजिंगरको लम्बाइ ११ फुट छ । त्यसको नाम बेल्ले हो । धेरै बच्चाहरु सर्प त परै जाओस् छेपारो तथा माउसुली देखेर समेत डराउँछन् । तर इनबरचाहिँ अजिंगरसँगै बस्छिन्, अंकमाल गर्छिन्, काँधमा राख्छिन् र लुटुपुटु गर्छिन् ।

रोयटर्सका अनुसार इनबर आफ्ना बुवा–आमासँगै दक्षिण इजरायलको एक कृषि समुदायको जनावर पार्कमा अवस्थित घरमा बस्दछिन् । सानैदेखि उनलाई घरपालुवा जनावर निकै मन पर्दथे । इनबर र बेल्लै सानै उमेरदेखि सँगै हुर्किएका हुन् । अहिले दुवै अलिक ठूला भैसकेका छन्। समयक्रमसँगै उनीहरुको मित्रता पनि गाढा बन्दै गएको इनबरकी आमा बताउँछिन् । – एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker