कण्डमदेखि प्याजसम्म, अनलाइनमा के–के किनिए सबैभन्दा धेरै ?

सन् २०२३ समाप्त हुँदैछ । यही छेकोमा अनलाइनमा खानेकुरा बेच्ने भारतीय अनलाइन स्विग्गीले आफ्नो Swiggy Instamart Quick Commerce Trends 2023 को सूचि सार्वजनिक गरेको छ ।

यसमा भारतीयहरुले यो वर्षभरि स्विग्गी इन्स्टामार्टबाट सबैभन्दा धेरै केके कुरा खरीद गरे भन्ने देखिन्छ ।

उक्त रिपोर्ट अनुसार यो वर्ष चेन्नइका एकजना व्यक्तिले एकैपटकमा ३१ हजार ७४८ भारुको खानेकुरा अर्डर गरेर सबैभन्दा ठूलो अर्डरको रेकर्ड राखेका छन् । उनले कफी, जुस, कुकिज तथा चिप्स लगायतका खानेकुरा अर्डर गरेका थिए ।

त्यस्तै जयपुरका एक व्यक्तिले एक दिनमै ६७ वटा अर्डर गरेर रेकर्ड बनाए भने दिल्लीका एक पसलेले आफ्नो वार्षिक किराना खर्च १२ लाख ८७ हजार ९२० भारुमा १ लाख ७० हजार १०२ भारु ब्चत गरे ।

त्यस्तै सेप्टेम्बर महिनाको तुलना भ्यालेन्टाइन महिना अर्थात् फेब्रुअरीसँग गरियो । किनकि फेब्रुअरीमा नभई सेप्टेम्बरमा सबैभन्दा धेरै कण्डम बिक्री भए ।

तथ्यांक अनुसार गत अगष्ट १२ मा सबैभन्दा धेरै ५ हजार ८९३ वटा कण्डम बिक्री भए । यसका अलावा प्याज, केरा, चिप्स, पेन्टिङ पनि निकै धेरै अर्डर हुने चिजमा परेका छन् ।

मानिसहरु आफ्नो स्वास्थ्यप्रति पनि सचेत हुँदै गएको उनीहरुको किनमेलको ट्रेण्डले देखाउँछ । हालसम्म १३ लाख भन्दा धेरै मखाना अर्थात् फक्स नट बिक्री भएका छन् ।

यसले पनि मानिसहरु मखानालाई आफ्नो मनपर्ने स्न्याक्सको रुपमा प्रयोग गर्न थालेका छन् । फलफूलको क्षेत्रमा आँपको दबदबा रह्यो, खासगरी बैंगलोरमा । गत मे २१ मा एकैदिनमा ३६ टन आँप डेलिभरी भयो । – एजेन्सीको सहयोगमा

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker