मंगल ग्रहबारेका ७ रोचक तथ्य

सौर्यमण्डलका हरेक ग्रहहरुका केही न केही आ आफ्ना अनौठा विशेषताहरु छन् । वैज्ञानिकहरुले सौर्यमण्डलको बारेमा व्यापक खोज अनुसन्धान गरिसकेका छन् र त्यस्तो अन्वेषण निरन्तर जारी छ ।

सौर्यमण्डलमा पृथ्वीपछि जीवनको सम्भावना रहेको मानिएको मंगल ग्रहमा खोज अनुसन्धानका लागि मानिस नै पठाउने योजनामा अमेरिका, रुस तथा चीनजस्ता देशहरु कस्सिरहेका छन् । यद्यपि निकट भविष्यमै मंगल ग्रहमा मानिस पुगिहाल्ने सम्भावनाचाहिँ देखिएको छैन ।

रातो ग्रहको नामले समेत चिनिने मंगल ग्रह पृथ्वीजस्तै पिण्डबाट बनेको ग्रह हो । स्मरणहोस्ः सौर्यमण्डलका कतिपय ग्रहहरु ग्यासीय पिण्डको रुपमा रहेका छन् ।

· मंगल ग्रहमा ज्वालामुखीदेखि लिएर उपत्यकाहरु र मरुभूमि देखि लिएर ध्रुबीय हिउँका क्षेत्रहरु समेत रहेका छन् ।

· पृथ्वीले सूर्यको परिक्रमा गर्नका लागि ३ सय ६५ दिन लगाउँदछ । जबकी मंगल ग्रहलाई सूर्यको परिक्रमा गर्नका लागि ६ सय ८७ दिन लाग्दछ । अर्थात् मंगल ग्रहमा ६ सय ८७ दिनको एक वर्ष हुन्छ ।

· मंगल ग्रहका ध्रुवीय क्षेत्रमा पृथ्वीभन्दा निकै कम तापक्रम हुन्छ । त्यहाँको न्यूनतम तापक्रम माइनस १ सय ४० डिग्री सेल्सियससम्म पुग्दछ । साथै मंगल ग्रहमा धुलोयुक्त आँधीबेहेरी चल्दछ।

· पृथ्वीमा जस्तै मंगल ग्रहमा पनि ४ वटा मुख्य ऋतु हुन्छन् । अर्थात् पतझड, गृष्म, शरद र ठण्डीयाम । यी चारवटै ऋतुको लम्बाइ पृथ्वीभन्दा झण्डै दोब्बर हुन्छ ।

· पृथ्वीको भन्दा मंगल ग्रहको गुरुत्वाकर्षण शक्ति कम छ । त्यसैले १ सय किलोको कुनै व्यक्ति मंगल ग्रहमा गयो भने त्यसको तौल ३८ किलो हुन्छ ।

· पृथ्वीको एउटा मात्र चन्द्रमा छ । जबकि मंगल ग्रहका दुईवटा चन्द्रमा छन् । मंगल ग्रहका उपग्रह अर्थात् चन्द्रमाहरुको नाम डेमोस र फोबोस हो । फोबोसको व्यास १३.८ माइल छ भने डेमोसको ब्यास ७.८ माइल छ ।

· पृथ्वीजस्तै मंगल ग्रहको सतह पनि चार तहले बनेको छ । क्रस्ट, मेन्टल, बाहिरी कोर र भित्री कोर । यी तहहरुको रासायनिक संरचना पनि पृथ्वीकै जस्तो भएको बताइन्छ ।

· पृथ्वी र मंगल ग्रह करिब २ वर्षमा एकअर्काको सबैभन्दा नजिक पुग्दछन् । त्यसबेला पृथ्वीबाट नांगो आँखाले पनि प्रष्टरुपमा मंगल ग्रह देखिन्छ । गत अक्टोबर ६ का दिन मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो । अब सन् २०२२ को डिसेम्बरमा पुनः यो पृथ्वीको नजिक आउनेछ । एजेन्सीको सहयोगमा

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker