विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण

तनहुँको घिरिङ गाउँपालिका-३ स्थित चन्द्र ज्योति विद्यालय हाता भित्र वृक्षरोपण गरिदै। विश्व वातावरण दिवस २०२३ को अवसरमा आइतबार गाउँपालिकाको समन्वय र विद्यालयको आयोजनामा आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, निवर्तमान अध्यक्ष रन बहादुर राना, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर थापा, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक विद्यार्थीहरुले ‘एक व्यक्ति एक बिरुवा लगाइ’ वृक्षरोपण कार्यक्रम गरेका थिए ।

तस्विर : भञ्ज्याङ










