बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम

काठमाडौँ : तनहुँ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम आयोजना गरिएको छ ।

बन्दीपुर गाउँपालिका र नेपाल पर्यटन बोर्ड गण्डकीको सहकार्यमा क्षेत्रीय होटल सङ्घ बन्दीपुर एकाइले आज यहाँ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बन्दीपुरको पर्यटन यात्रा विगतमा आरोह–अवरोहपूर्ण रहे पनि हाल क्रमशः लयमा फर्किएको बताउनुभयो । उहाँले धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा समृद्ध बन्दीपुरको पर्यटन प्रवर्द्धनमा स्थानीय समुदायको मुख्य भूमिका हुने बताउनुभयो । अर्थमन्त्री पौडेलले पूर्वाधार निर्माणका लागि सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका संयोजक आशुतोष प्रधानले बन्दीपुरलाई ‘नेपालको पहाडी भेगको लिभिङ म्युजियम’का रूपमा चित्रण गर्नुभयो । उहाँले त्यहाँका पुराना नेवारी शैलीका घर र गल्ली, थानी माई मन्दिर, खड्गदेवी मन्दिर, विशाल टुँडिखेल मैदान, सिद्ध गुफा तथा गुरुङ, नेवार, मगर समुदायको परम्परागत संस्कृति र भोजन पर्यटकका लागि विशेष आकर्षणका रूपमा रहेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले हाल ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ सञ्चालन भइरहेको जानकारी दिनुभयो । यस अभियानले त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने र राजधानीमा आयोजित ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रमले त्यहाँको सौन्दर्य र सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा ठूलो योगदान पुग्ने उहाँको विश्वास थियो ।

त्यस अवसरमा बन्दीपुरको पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदानकर्तालाई सम्मान गरिएको थियो । शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका चीजकुमार श्रेष्ठ, स्वास्थ्य क्षेत्रमा डा मदनकुमार पिया र पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने सन्तकुमार श्रेष्ठलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो ।

बन्दीपुर नेपालकै चर्चित पर्यटकीयस्थलमध्ये एक हो । यो क्षेत्र सूर्योदय र सूर्यास्त अवलोकनका लागि पनि प्रख्यात छ । तनहुँ जिल्लाको पुरानो सदरमुकामका रूपमा चिनिने यो सहर मोटर यातायातको सुविधा नभएको बेला कास्की, लम्जुङ, गोर्खा र मनाङका लागि दक्षिणबाट सामान ल्याउने प्रमुख व्यापारिक नाका थियो । सदरमुकाम दमौली सारिए पनि बन्दीपुर आफ्नो सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यका कारण विश्वको चर्चित गन्तव्य बनेको छ ।

त्रिशूली नदीको उपत्यका र हिमालको फेदबीच पहाडी चौरमा अवस्थित बन्दीपुरबाट अन्नपूर्ण, मनास्लु, लम्जुङ र धौलागिरि हिमाल नजिकैबाट अवलोकन गर्न सकिन्छ । यहाँ पदयात्रा, गाउँघुम्ती र होमस्टे अनुभव, ऐतिहासिक तथा धार्मिकस्थल अवलोकन र सांस्कृतिक कार्यक्रमका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको त्यस अवसरमा बताइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker