तोडफोड र आगजनिको कांग्रेस तनहुँको विरोध, ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली

दमौली : नेपाली कांग्रेस तनहुँले जेनजी आन्दोलनको बहानामा सरकारी तथा निजी संरचनामा आगजनी गरिएकामा विरोध जनाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको आन्दोलनलाई धमिलो बनाई, गलत मनसाय पुरा गर्ने विभिन्न समुहहरुले २४ गते बिहानैदेखि अकल्पनीय ढंगले सर्वोच्च अदालत, देशभरका विभिन्न कार्यालय तथा नेपाली काँग्रेस केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँ र अन्य सरकारी कार्यालय, नेपाली कांग्रेस तनहुँको कार्यालय एव अन्य राजनैतिक दलको कार्यालयमा तोडफोड र आगजनी गर्ने तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा, तनहुँका केन्द्रीय सदस्य शंकर भण्डारी र प्रदिप पौडल लगायत अन्य नेताहरुको घरमा तोडफोड तथा भौतिक आक्रमण जस्तो अपराधिक क्रियाकलाप गरिएको एवं जिल्ला स्तरीय नेता तथा पार्टी सदस्यहरुमा राजनैतिक आस्थावानका कारण अभद्र व्यवहार गरिएको क्रियाकलाप प्रति पार्टीले घोर भत्सना गरेको छ ।

पार्टीका जिल्ला सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा अप्रिय र अनपेक्षित घटनाहरुको छानविन गरी दोसीलाई कार्वाहीको दायरामा ल्याउन माग गरेका छन् ।

यस्तै जेनजी पुस्ताले आव्हान गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker