रायोको साग र गुन्द्रक बिक्रीबाट भएको आम्दानीले दिएको खुसी

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको शुक्रबारे कृषि हाटबजारमा आफुले उत्पादन गरेको रायोको साग, गुन्द्रुक, केराउ, मह, कोदोको पिठो, टिम्मुर लगायतका उपज बिक्री गरेपछि भएको आम्दानी देखाउँदै आँवुखैरेनी–५ लाब्दिकी बधु माया गुरुङ ।

आफुले उपभोग गरी उब्रिएको कृषि उपज पशुवस्तुलाई खुवाउने तथा खेरा फाल्ने गर्दै आएकी बधुमायाले अहिले गाउँपालिकाले सञ्चालन गरेको कृषि हाटबजारमा ल्याएर बिक्री गर्दा राम्रो मूल्य पाउँदा उनका आर्थिक हैसियत समेत उकासिएको छ ।

गाउँमा उत्पादन भएको कृषि उपज बिक्री वितरण गरी मधुमायाले वार्षिक एक लाख रुपैयाँ भन्दा बढी कमाउने गरेकी छन् । मधुमाया जस्तै छिम्केश्वरी क्षेत्रका ५०/६० जना कृषकहरुले हाटबजारमा आफुले उत्पादन गरेको उपज बिक्री गरी राम्रो आम्दानी लिन सफल भएका छन् ।

तस्विर : भञ्ज्याङ










