भिमादमा चैते धान खेती प्रविधि सम्बन्धी स्थलगत तालिम

भिमाद : कृषि विकास कार्यालय तनहुँको आयोजनामा भिमाद नगरपालिका–२ बन्दिछापमा चैते धान खेती प्रविधि सम्बन्धी स्थलगत तालीम सञ्चालन गरिएको छ ।

किसानलाई आधुनिक तथा उन्नत धान खेती प्रविधिबारे जानकारी गराउने उद्देश्यले आयोजित उक्त तालीममा धान खेतीका विभिन्न पक्षबारे विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा विशेषगरी उन्नत धान खेती प्रविधि, धानमा लाग्ने विभिन्न रोग तथा कीराको पहिचान र तिनको व्यवस्थापनका उपायबारे किसानलाई जानकारी गराइएको कृषि विकास कार्यालय तनहुँले जनाएको छ।

तालीमका क्रममा प्राविधिकहरूले किसानसँग प्रत्यक्ष संवाद गर्दै खेतमै पुगेर व्यवहारिक सिकाइ प्रदान गरेका थिए। धान खेतीमा उत्पादन वृद्धि गर्न अपनाउनुपर्ने आधुनिक प्रविधि, उचित मल व्यवस्थापन, रोग तथा कीराको नियन्त्रणका प्रभावकारी उपायबारे समेत जानकारी दिइएको थियो ।

कार्यक्रममा स्थानीय कृषकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी किसानहरूले यस्ता स्थलगत तालीमले खेती सम्बन्धी समस्या समाधान गर्न तथा नयाँ प्रविधि सिक्न सहयोग पुगेको बताएका छन्। कृषि विकास कार्यालय तनहुँले किसानको उत्पादन वृद्धि तथा आयआर्जन बढाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा यस्ता तालीम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker