नेपालमा शिक्षाको थालनी : इतिहासदेखि वर्तमानसम्म, आजको आवश्यकता, ब्यवसायिक शिक्षा

के.पी. ओझा

चरण विभाजन

१. वि.सं. १९१० अघि

नेपालमा प्राचीन समयमा शिक्षा धर्म, दर्शन र व्यावहारिक जीवनमा आधारित थियो । हिन्दु धर्मावलम्बीका लागि गुरुकुल तथा बौद्ध धर्मावलम्बीका लागि विहार/गुम्बा मुख्य शिक्षण संस्था थिए । यस कालमा संस्कृत, नीतिशास्त्र, र धनुर्वेद जस्ता विषयहरू सिकाउने गरिन्थ्यो ।

राणाकाल (औपचारिक शिक्षाको सुरुवात)

२. वि.सं. १९१०–२००७

वि.सं. १९१० -सन् १८५३) मा प्रधानमन्त्री जङ्गबहादुर राणाले दरबार हाइस्कुलको स्थापना गरेपछि नेपालमा आधुनिक/अंग्रेजी शिक्षाको जग बस्यो। वि.सं. १९७५ मा पहिलो कलेज त्रि–चन्द्र कलेज र वि.सं. १९९० मा एस.एल.सी. बोर्डको स्थापना भयो। तर, राणाशासनभर शिक्षा दरबार र सम्भ्रान्त वर्गमा मात्र सीमित राखियो ।

प्रजातन्त्र पश्चात् (प्रसार र विस्तार)

३. वि.सं. २००७–२०२८

वि.सं. २००७ मा प्रजातन्त्रको स्थापनापछि सर्वसाधारणका लागि विद्यालयहरू खुले। वि.सं. २०१६ मा नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय स्थापना भयो। २०११ सालमा गठित {नेपाल राष्ट्रिय शिक्षा आयोग’ले आधुनिक शिक्षा प्रणालीको खाका तयार पार्यो ।

राष्ट्रिय शिक्षा योजना र आधुनिक युग

वि.सं. २०२८–हालसम्म

४. वि.सं. २०२८ मा राष्ट्रिय शिक्षा पद्धति योजना -ल्भ्क्ए) लागू गरी शिक्षालाई विकेन्द्रीकृत र व्यावसायिक बनाउने प्रयास गरियो । २०४६ को प्रजातन्त्र पुनर्वहालीसँगै निजी क्षेत्रका विद्यालय तथा कलेजहरूको तीव्र विस्तार भयो। हाल नेपालमा संघीय ढाँचाग अनुसार माध्यमिक शिक्षा (कक्षा १२ सम्म)को व्यवस्थापन स्थानीय सरकार मातहत राखिएको छ।

आजको विद्यालयको आवश्यकता, ब्यवसायिक शिक्षाः

विगतका सरकारको गलत निती, योजना र भ्रष्टाचारको कारण आज देश यस्तो अवस्थामा आयो कि यो बिग्रेको परिस्थितिलाई सम्हाल्न सचेत नागरिक अगुवा र सरकार पुरा सुझबुझ र सहि योजना साथ निरन्तर खट्नुपर्छ । विशेष गरेर शिक्षामा ब्यापक सुधार गरिनुपर्छ । हालको शिक्षाले रास्ट्रब्यापी रूपमा हाम्रो भावि सन्ततिलाई पुरा वेरोजगर बनाईरहेको छ ।

देशको जटिल समस्या विशेष गरेर केही निश्चित कुराहरूमा ठूलो त्रुटी देखियो। शिक्षा हासिल गर्नु पर्ने दुई कारण भयो

क) एक ज्ञान वा नयाँ कुरा सिप सिक्नु ।

ख) सिकेको शिक्षाले आफ्नो जीवन चलाउन आम्दानीको स्रोत बनाओस् ता कि आर्जीत सीपबाट उ आफु र आफ्नो परिवारको यौटा दरो आम्दानीको स्रोत बनोस् ।

हाम्रो शिक्षाले यो कुरालाई आत्मासात् गरेको होस् तर बिडम्वना यसो हुन सकेन । अब यो किन हुन सकेन ? यो यौटा महत्वपूर्ण प्रश्न भयो ।

के त्यसो भए यो शिक्षा वेकम्वा भयो त ! सरसर्ति हेर्दा त्यसो पनि पुरै गलत भयो भनेर भन्न पनि मिल्दैन, किनभने आज स्वदेश एवं विदेशमा क्यौ डाक्टर, इन्जिनियर, नर्स, म्यानेजर लगायत विभिन्न क्षेत्रमा काम गरेका हामी छौ र गरिरहेका पनि छौ । उसो भए समस्या खासमा के हो त ?

समस्या खासमा के भयो भनेः

क) दोहोरो घाटा

±२ र सोदेखि माथिको प्राविधिक शिक्षा हासिल गरेको जनशक्तिलाई रोजगारी दिईएन देशको आवश्यकता भन्दा बढी वा प्राविधिक जनशक्ति उत्पादन गरियो, फलस्वरुप प्राविधिक जनशक्तिले रोजगार पाएन, लाखौ रूपैया खर्च गरेर उत्पादित दक्ष जनशक्ति विदेश पलायन हुन बाध्य भयो । यसरी यो जनशक्ति पलायन हुँदा एकातिर देशमा चाहिने दक्ष जनशक्तिको अभाव भयो भने अर्कातिर लाखौ खर्च गरेको रकम पनि गुम्यो यसरी दोहोरो घाटा देशले भोग्न परिरहेको छ ।

ख) कारिन्दा उत्पादन गर्ने शिक्षा भनिन्छ हाम्रो शिक्षा १६औं शताब्दीतिर बेलायतले कारिन्दा उत्पादन गर्न लागु गरेको शिक्षाको नमुना हो । २०२८ सालमा यस किसिमको शिक्षामा परिवर्तन आवश्यक ठानेर तात्कालिन सरकारले नयाँ शिक्षा योजना लागु गरेर ब्यवसायिक शिक्षा लागु गरेको थियो, जसमा कृषी, हस्तकला, पशुपालन जस्ता विषयहरू विद्यालयहरूले कक्षामा र प्रयोगात्मक सीप हासिल गराउन शुरूवात गरेको थियो । सायद यो २–३ वर्ष पछि तत्कालै सरकारले बन्द गर्यो तर यो वास्तवमा विद्यार्थीहरू एवं देशको लागि उपयुक्त नै थियो ।

हाम्रो लागि यस्तो शिक्षा अति नै आवश्यक छ । किनभने यस्तो ब्यवसायिक शिक्षाले सीपयुक्त जनशक्तिको निर्माण गर्दछ र आफ्नो हातमा सिप भएको ब्यक्तिले उक्त सीपलाई प्रयोग गरेर आफ्नो जीवन यापन गर्न सक्छ जसको कारण एकातिर वेरोजगारीको समस्या हुदैन भने जब कुनै पनि मानिसले काम गर्दछ, स्वतह ब्यक्तिको आम्दानी बढ्दछ र राष्ट्रको पनि स्वतह आम्दानी वृद्धि हुनछ। ब्यक्तिको आम्दानी बढ्नु भनेको राष्ट्रको पनि आम्दानी बढ्नु हो ।

ग) पूर्ण रूपमा ब्यवसायिक शिक्षा

अबको शिक्षा कक्षा ५–६ देखि नै पूर्ण ब्यवसायिक हुनु पर्दछ । यसरी ब्यवसायिक शिक्षा लागु गरिदा निम्न विषयहरू राखिनु पर्दछ ।

बिषयहरूः

पशुपालन, फलफूल, तरकारी, माछा पालन, मौरी पालन, हस्तकला, चित्रकला, बिजुली, रेडियो, मोबाइल, टि भी, घडी, मेशिनरी पाटपुर्जा मर्मत, सिलाइ–बुनाई, ग्यास चाल्हो, खाने–पानी–पाईप, डकर्मी, सिकर्मी काम, नापी नक्सा, धार्मिक विधिविधानको कार्य, पर्यटन क्षेत्र, होटल ब्यवसाय, रेष्टुरेण्ट, पसल संचालन, बैंकिङ, लेखापढी, कम्प्युटर–इन्टरनेट, प्रशासन आदि विषयहरू विद्यालय तहदेखि नै सिकाईनु पर्दछ जसको कारण आफुले सिकेको सीपबाट पढाइ सक्नसाथ विद्यार्थीहरू एउटा काममा आबद्ध हुनेछन् र आफ्नो जीवनलाई सहज ढङ्गबाट चलाउन सक्नेछन्। त्यसैले आजको शिक्षा ब्यवसायिक हुनुपर्छ ।

घ) पढाइमा कमजोर विद्यार्थीहरूको कटौती

कक्षा आठबाट B±, A , A± ल्याउने विद्यार्थीहरूलाई मात्र कक्षा नौ र दशमा पढ्न पाउने नियम लागु गरिनु पर्दछ जसले गर्दा पढाइमा कमजोर विद्यार्थीहरू कक्षा आठ बाटै छाटिनेछन् र आफुले पढेको ब्यवसायिक शिक्षामा सिकेको सीपलाई सदुपयोग गरेर आफ्नो जीवन चलाउनेछन् र वेरोजगारी हटेर जानेछ भन्ने विश्वास गरिएको छ । हालको सबैलाई पास गराउने नितीको कारण बढी जनसंख्या बेरोजगार बन्न पुगेको छ। यो परिपाटीलाई रोकिन पर्दछ ।

ङ)  कसरी पढेका युवाहरू वेरीजगार बने ?

यो एउटा महत्वपूर्ण प्रश्न हाम्रा सामुमा छ । पढेलेखेको मानिस कसरी वेरोजगार बन्यो भन्ने पनि सोच आउँदछ तर समस्या कहाँ छ भने, पढेपछि काम अर्थात् जागिर पाइन्छ भन्ने सामान्य सोच हामीमा छ तर यथार्थ फरक छ । सामान्यतया कुनै पनि कार्यालय वा संघ संस्थामा वा कुनै उद्योग वा कम्पनी, सरकारी कार्यालय, नेपाल प्रहरी, सेना वा विदेशमा गएर काम गर्न कामको प्रकृतिअनुसार पढाइ लेखाइ वा विशेष योग्यता चाहिन्छ । यसरी पढेलेखेका काम गर्ने कामदार वा कर्मचारीहरू हाम्रो देशमा थोरै मात्र चाहिएको छ तर पढ्लेख गर्नेको संख्या भने धेरै छ। तिन वर्ष पहिला कोरियामा काम गर्न को लागि इपियस परीक्षा दिनेको संख्या ४००० को लागि ८०,००० परीक्षार्थी भएको तथ्यले हामीकोमा शैक्षिक वेरोजगारीको स्थित प्रस्ट्याउँदछ ।

च) किन यतिधेरै शैक्षिक युवा वेरोजगार?
दुई वटा तथ्य प्रष्ट छ

१. हामीलाई कतिजना के कस्तो शिक्षा हासिल गरेको जमात चाहिन्छ भन्ने कुनै आकडा र योजना विना नै देशका शैक्षिक संस्थाहरूले विभिन्न तहका शिक्षण संस्थाहरू मार्फत शिक्षित युवाहरू उद्योगले बिस्कुट, चाउचाउ उत्पादन गरे जस्तो उत्पादन गरेको छ तर उत्पादित् शिक्षित जनशक्तिलाई रोजगार दिन सकिरहेको छैन र हाल तत्काल दिन सक्ने संभावना पनि छैन ।

२. एउटा विद्यार्थी जस्ले कम्तिमा यसईईसम्म पास गरेको छ । यतिवेला उ कम्तिमा १५ वर्षको उमेर पुगिसकेको हुन्छ । उसलाई पढ्ने बाहेक यतिसम्म कि चिया, खाना बनाउने जस्तो सामान्य काम पनि आउदैन वा हामीले लगाएका छैनौ । कारण मेरो छोरी/छोरोले यसईई पास गरेपछि काम पाउँछ र जीवन सजिलोसँग चल्छ तर परिस्थिति त्यस्तो छैन ।

त्यसैले यो विना सीप भएका युवाहरू देशको लागि घाडो नै भएका छन् । त्यसैले सानो कक्षा बाटै सीप मूलक शिक्षा अत्यावश्यक छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker