बुद्धसिंह मार्गमा पहिरो

तनहुँको व्यास नगरपालिका–१४ स्थित मास्दीघाट खण्डमा पहिरो खस्दा बुद्धसिंह मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका काराण् बुधबारदेखि सडक अवरुद्ध हुँदा दैनिक आवतजावत गर्ने सर्वसाधारण, बिरामी, वृद्धवृद्धा तथा विद्यालय जाने बालबालिका समस्यामा परेका छन् । स्थानीय सेतीगंगा आधारभूत विद्यालयका प्रधानाध्यापक सिद्धान्त गर्जामगरका अनुसार मास्दीघाटका साथै ढाप लगायतका अन्य स्थानमा पनि पहिरो खसेको छ । पहिरोका कारण बन्दीपुर गाउँपालिका–६ खहरे, देवघाट र आँबुखैरेनी गाउँपालिकाका केही वडाका स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ । सडक खुलाउ डोजरको प्रयोग गरी पहिरो हटाउने काम भइरहेको बताइएको छ ।

तस्विर : भञ्ज्याङ

 

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker