देउवा पक्षीय कांग्रेस तनहुँको १५औं नियमित जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन

दमौली : देउवा पक्षीय नेपाली कांग्रेस तनहुँको १५औँ नियमित जिल्ला अधिवेशनले प्रा.डा. कृष्णप्रसाद गौतमलाई जिल्ला सभापतिमा निर्विरोध निर्वाचित गरेको छ । बुधबार दमौलीमा सम्पन्न अधिवेशनबाट गौतमको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट उपसभापतिमा डम्बरबहादुर अधिकारी र हिरालाल गुरुङ तथा सचिवमा माधव खनाल चयन भएका छन् ।

नवनिर्वाचित सभापति गौतमसहित पदाधिकारीलाई पार्टी संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने जिम्मेवारी आएको छ । कांग्रेस कार्यकर्ताले नयाँ नेतृत्वबाट संगठन विस्तार र कार्यकर्ताबीचको एकता मजबुत हुने अपेक्षा गरेका छन् ।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गरेका थिए । अधिवेशनअघि देउवा पक्षले दमौलीमा बाजागाजासहित मोटरसाइकल र्याली निकालेर आफ्नो संगठनात्मक उपस्थिति प्रदर्शन गरेको थियो ।

अनशन चौतारीबाट सुरु भएको र्याली दमौली बजार परिक्रमा गर्दै अधिवेशनस्थल दमौली सभाहल पुगेको थियो । र्यालीमा नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धा र फरक–फरक समूहका गतिविधिले जिल्लाको राजनीतिक समीकरणलाई समेत प्रभावित पार्दै आएको छ । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै संगठनलाई एकताबद्ध बनाउनु नवनिर्वाचित नेतृत्वका लागि चुनौतीपूर्ण जिम्मेवारीका रूपमा देखिएको विश्लेषण गर्न थालिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker