राजु गुरुङको कप्तानीमा क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँ जिल्ला क्रिकेट संघले राजु गुरुङको कप्तानीमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट गरेको छ । संघले गण्डकी प्रदेशमा प्रदेशस्तरीय छनौटका लागि ३८ खेलाडी मध्येबाट १४ जना प्रत्यक्ष र ४ जना वैकल्पिक खेलाडी छनौट गरेको संघका अध्यक्ष ताराराम श्रेष्ठले जानकारी गराएका छन् ।
प्रतियोगिताका लागि चन्द्रकान्त पौडेल, सुगम श्रेष्ठ, समिर कंडेल, प्रवेश खड्का, दिपेशजंग बुढा मगर, दिपेश अधिकारी, सचिन अधिकारी, जेम्स केसी, रोहन खड्का, प्रशान्त पनेरु, करुन श्रीमल, विनय भण्डारी र सुशील गिरी छनौट भएका छन् । त्यस्तै वैकल्पिक खेलाडीमा अनुप अधिकारी, सुशील श्रेष्ठ, विशाल न्यौपाने र नविन बराली छन् ।
संघका अध्यक्ष श्रेष्ठ, गण्डकी प्रदेश सचिव सुमनराज कार्मी र केन्द्रीय प्रतिनिधि सुदीप शर्माको उपस्थितिमा प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको हो । छनौट भएका खेलाडीहरुले गण्डकी प्रदेशमा प्रदेशस्तरीय छनौटका लागि खेल संघले जनाएको छ ।










