ज्येष्ठ नागरिकको समस्या

- के.वि. मसाल
देशभर ९० वटा वृद्धाश्रम छन । उपत्यकामा मात्रै २५ वटा छन । सञ्चालनमा आएका धेरैजसो वृद्धाश्रम ज्येष्ठ नागरिकमैत्री देखिँदैनन् । समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपति १९३८ सालमा स्थापना गरिएको सरकारद्वारा सञ्चालित एकमात्र वृद्धाश्रम हो । राजा सुरेन्द्र वीरविक्रम शाहको पालामा पञ्चदेवल पाठशालाका रुपमा स्थापना भई सञ्चालनमा आएको वृद्धाश्रम २०३४ सालदेखि समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिको नाममा सञ्चालित हुँदै आएको छ । नेपालमा अहिले ज्येष्ठ नागरिकहरुको सख्या २७ लाख पुगेको छ । विश्वभरीको सख्या लिने हो भने संसारभरी ज्येष्ठ नागरिकहरु को सख्या ७६ करोड पुगेको छ । विश्को सामजिक परिवेश हेर्ने हो भने नेपालमा मात्र होइन ज्येष्ठ नागरिकहरुलाई गर्नुपर्ने संमान र उनिहरुको सामाजिक सुरक्षा र हकहितको बारेमा विश्वमै ज्येष्ठ नागरिकहरु उपेक्षित भएका छन । हाभ्रो देशमा सरकारले ज्येष्ठ नागरिकहरुका लागि दीर्घकालिन राहत र संरक्षण योजना ल्याउन नसक्दा घरेलु हिंसा, सामाजिक, आर्थीक दुर्व्यवहार समेत ज्येष्ठ नागरिकहरुले खेप्नु परेको छ । कुनैपनि ज्येष्ठ नागरिक वृद्धहुनु उसको दोष होइन । यो त प्राकृतीक नियम हो । जन्मेपछि जो कोहिपनि त्यो अवस्थामा एक पटक पुगिन्छ । तर अपहेलित भएका ज्येष्ठ नागरिकका घर परिवार एवं समाजले त्यो कुरा बुझेपनि नबुझे झै गरिदिनाले यो समस्या समाधान हुनुको साटो ज्येष्ठ नागरिकहरुले भोग्नु परेको पीडा थपिएको छ ।
केही वर्ष अगाडिसम्म नेपाली समाजमा बृद्धबृद्धाहरुको स्थान अहिलेभन्दा अत्यन्त महत्वपूर्ण थियो । उनीहरुलाई घर, परिवार समाजमा सबैले अत्यन्तै मानसम्मान गर्दथे, ठूलो आदर हुन्थ्यो । बृद्धबृद्धाले आ-आफ्नो लामो जीवनभरि सँगालेका ज्ञान, सीप अनुभव पछिल्लो पुस्ताको लागि अर्ती उपदेशको रुपमा ठूला मार्ग दर्शन बन्दथे । समाज प्रायः संयुक्त घर, परिवार प्रणालीमा चलेको थियो । एउटै घरमा परिवारका धेरै सदस्यहरु संगोलमा बसेका हुन्थे । छुट्टी भिन्नभै अलग बस्ने कुरा धेरैपछि आएरमात्र लागू हुन्थ्यो । त्यसबखतका घरमुली बृद्धको स्थान अत्यन्त ओजस्वी, उच्च थियो । परिवारमा धेरै सदस्य भएको घरलाई ठूलाघरका रुपमा हेरिन्थ्यो । यसरी समाजमा स्वच्छ परम्परा, शुद्ध आचार व्यवहार, राम्रो समाजिक सदभाव एवं सौहार्दता र मर्यादित आचरण एवं अनुशासनको सिलसिला सन्तुलित जीवन पद्धतिको रुपमा अत्यन्त सुन्दर ढंगबाट विकसित हुँदै आएको थियो । नेपाल घुम्न आउने विश्वका विभिन्न मुलुकका पर्यटकहरुले पनि यो प्रणाली देख्दा कस्तो राम्रो भनेर यस पद्धतिको ठूलो तारिफ गरेको सुनिन्थ्यो । विस्तारै विस्तारै समय बित्दै वर्तमान अवस्थातिर आइपुग्दा विकसित मुलुकको प्रभाव र आकर्षा नेपाली समाजमा पनि पर्दै जान थाल्यो ।
घरभित्र रहेका परिवारका अधिकांश सदस्यहरु, दाजुभाइहरु वयस्क उमेरमा पुग्नासाथ आफ्ना आमाबुवासँग आपसमा अलग भइ छुट्टै बस्न रुचाउने हुन थाले । समाजमा घरधुरि बृद्धि हुने अवस्था र जमिनको स्वामित्वमा विखण्डन हुनेक्रम निरन्तर बढन थाल्यो । संयुक्त परिवारमा बस्ने वातावरण विस्तारै घटदै गयो । युवायुवती, आफ्नै ढंगले सानो परिवारमा बस्न मन पराउने भए । यसले गर्दा नेपाली समाजमा पनि बुढेसकालमा अरुको सहयोग मद्दत चाहिने बेलामा पुगेका यहाँका बूढाबूढीको ठूलो संख्या क्रमशः बेसहारा, अपहेलित तिरस्कृत हुँदै जाने स्थितिमा पुग्न थालेको अनुभव हुन थालेको छ । राज्यले ज्येष्ठ नागरिकलाई प्रत्याभूति दिनुपर्ने सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी ढंगले लागू गर्न नसकिरहेको अवस्थामा भएका कार्यक्रम पनि खाली प्रतिबद्धता र नारामा मात्र बढी सिमितजस्तो देखिन्छ । यसको कार्यान्वयन पक्ष फितलो हुन पुगेको आभास जताततैबाट महसूस हुन थालको छ ।
अहिले ज्येष्ठ नागरिकहरुको हक र अधिकार सुनिश्चित गर्ने र उनीहरुबीच आवश्यक सुबिधा पुर्याउने लक्ष्य राखी सरकारी तथा गैरसरकारीस्तरमा थुप्रै संस्थाहरु खुलेका छन । यी सबैको लक्ष्य ज्येष्ठ नागरिकको हितमा केही न केही कार्यक्रम सञ्चालन गर्दै आएका छन् । ज्येष्ठ नागरिकमैत्री वातावरण बन्नु आजको आवश्यकता पनि हो । यस्तो अवस्थामा सम्बद्ध सबै पक्षको ध्यान ज्येष्ठ नागरिकहरुको शारीरिक, मानसिक, आर्थिक अवस्थालाई सक्षम र सुदृढ गराइ उनीहरुका दुःख, पीडा र हिनताबोधलाई कम गर्दै लग्नु र मनोरञ्जनात्मक एवं सन्तुष्टि हुने खालका कार्यक्रमहरु सहजरुपमा स्थापित गर्दै जानु पनि आजको आवश्यका हो । बृद्धबृद्धाको अवस्थाप्रति राज्य, परिवार, बृद्धाश्रम, यस क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्था सबै संवेदनशील भई उनीहरुलाई समूचित सुविधा उपलब्ध हुने प्रबन्ध गर्न र माया, स्नेह र सम्मान प्रदान गर्न क्रियाशिल भइ नै रहनुपर्छ । यसको लागि यस क्षेत्रमा कार्यरत सरोकारवालाहरु सबै निकायबीच समन्वयात्मक वातावरणको विकास हुनु नितान्त जरुरी छ । यस्ता प्रयासबाट सबै मिलेर काम गर्दा समाजमा बृद्धबृद्धाप्रति सम्मानको भावना जागृत गर्न र उनीहरुमा आत्मबल पैदा गर्न ठूलो मद्धत पुगि उनीहरुमा हौसला र जाँगरको सुमधुर वातावरणको सृजना हुन जान्छ ।
आधुनिक रहन सहन बसाइ सराइको अत्यधिक प्रचलन रोजगारीको लागि गाउँ छाडी मुलुक भित्र र विदेशको यात्रा जस्ता कारणले पनि कतिपए ज्येष्ठ नागरिकहरुले खोजे जस्तो संरक्षण र उचित स्याहार सुसार पाउन सकेका छैनन । ज्येष्ठ नागरिहरु विच गएर अध्ययन गर्ने हो भने उनिहरुको वास्तविक समस्याको पहिचान गर्न सकिन्छ । राज्यले बनाएको नितिले पनि ज्येष्ठ नागरिकहरुलाई उपेक्षित बनाएको छ । उधारणको लागि महिला वालवालिका र ज्येष्ठ नागरिकहरुलाई राज्यको तर्फाट दिइने राहत एवं सामाजिक सेवा लिन खोज्यो भने पहिला महिला त्यसपछि वालवालिका र अन्तमा ज्येष्ठ नागरिकको छ ।
हाम्रो समाज आफ्नो लागि भन्दापनि सन्तानको लागी बढि सोच्ने, खाइ नखाइ सन्तानको लागि सम्पती जोगाउने संस्कार बसेको छ । तर हामीले सोचेजस्तो व्यवहार आफ्नै सन्तानबाट पाउन सकेका देखिन्न । समाजमा ज्येष्ठ एंव वृद्ध नागरिकहरुलाई विरामी हुँदा औषधी उपचार मात्र होइन साझ विहानको हातमुख जोडने समेत कठिन भएको छ । आर्थीक विपन्न र स्थाइ आय-आर्जन नभएका ज्येष्ठ नागरिकहरुको अहिलेको समस्या यस्तै अवस्थामा रहेको छ । जिल्लामा सामाजिक संघ/संस्थावाट सेवादिन खोलिएका ज्येष्ठ नागरिक सरोकार केन्द्र र वृद्ध आश्रम पनि आर्थीक कारणले सबै ज्येष्ठ वृद्ध नागरिकहरुलाई आवस्यक सेवा र संरक्षण दिन सकेका छैनन । कोही कसैले समय सर्न्दर्भमा केही नगद र जिन्सी वृद्धआश्रममा दानगर्ने प्रचलन देखिए पनि त्यसले मात्र आश्रम चल्ने अवस्था छैन ।
मानिसको जन्म भएपछि वालक, किशोर, युवा, वयस्क र ६० वर्ष पुगेपछि सामाजिक मान्यता र कानुनी रुपले ज्येष्ठ नागरिक हुँदै वृद्ध अवस्थामा पुग्दछ । मानिस जन्मिए पछि सन्तानको जन्मदिने प्राकृतीक नियम हो । दापत्य जीवन यापन पछि सन्तान भएन भने स्वास्थ्य परिक्षणदेखि लिएर अहिलेको मेडिकल प्रविधिलाई समेत प्रयोग गरी सन्तानको खोजिमा लाग्ने मानिस समाजमा छ । भनिन्छ जन्म दिने आमा, बाबु इश्वर सरह हुन । एक पटक बावु र आमाको उमेरमा सबै मानिस पुग्नु पर्दछ । भन्ने कुरा सबैले सोच्ने हो भने अहिले सामाजिम न्याय खोजि रहेका ज्येष्ठ नागरिकहरुले पारिवारिक र सामाजिक रुपले अपहेलना हुनेक्रम मा कमि आउछ ।
आज विश्वलाई हेर्ने हो भने सामाजिक वातावरण नै वदलिएको छ । सामाजिक परिवर्तनले कतिपय कुरा सामाजिक हितकर पन ल्याएको हुन्छ भने परिवर्तन मा केही अप्ठ्ायारा परिस्थितीको पनि सिर्जना हुने गर्दछ । त्यहि असजिलो परिस्थितीमा नेपाली ज्येष्ठ नागरिकहरु को अवस्था रहेको छ । केही वर्ष यता आएर आर्थीक प्रगतीका नयाँ अवधारण वैदेशिक रोजगारी, भूमण्डलीकरणका नकारात्मक प्रभावका कारण ज्येष्ठ वृद्ध नागरिकहरुको परंम्परागत संरक्षण मा कमी देखिएको छ । यो भन्दा पनि आर्थीक विपन्नताको कारण ज्येष्ठ नागरिकहरुले भौतिक, सामाजिक र स्वास्थ्य सम्वन्धी समस्या भोग्नु परेको छ । गरिव, निमुखा, असहाय एवं आर्थीक स्थिति राम्रो हुँदा हुदै पनि सामाजिक चेतनाको अभावमा हेपिएका ज्येष्ठ वृद्धनागरिकहरुको हेरचाह, प्रत्यक्ष सेवा, परामर्शसेवा, र यस्तै वृद्धहरुको लागि आवस्यक पर्ने मानवीयसेवा आवश्यक भएको छ । यसमा सामाजिक सोचलाई सकारात्मक दिशा तर्फल्याउन राज्यले उचित कानुनको तर्जुमा गर्नर्ुपर्दछ ।
अबको ३५ वर्षपछि संसारमै ६० वर्षमाथिका मानिसको संख्या अहिलेसम्मकै धेरै हुँदैछ । उमेर समूहसँगै समाजका थुप्रै प्राथमिकता परिवर्तन हुने देखिन्छ । मानव इतिहासमा पहिलो पटक सन २०५० मा १५ वर्षमुनिका भन्दा ६० वर्ष माथिको जनसंख्या बढी हुँदैछ । राष्ट्रसंघका अनुसार, सन २०५० मा १४ वर्ष मुनिकाको जनसंख्या ६ प्रतिशतले घटेर २१ प्रतिशतमा १५-२४ वर्षको जनसंख्या ३ प्रतिशतले घटेर १४ प्रतिशतमा, उच्च सक्रिय प्रौढ उमेर २५-५९ वर्षको जनसंख्या १ प्रतिशतले घटेर ४४ प्रतिशतमा झर्नेछ । तर, ६० वर्ष माथिको जनसंख्या भने सन २०५० मा पुग्दा ९ प्रतिशतले बढेर २१ प्रतिशत र सन २१०० मा थप ६ प्रतिशतले बढेर २७ प्रतिशत पुग्नेछ । यसरी यस शताब्दीको मध्यपछि कुल जनसंख्यामा ज्येष्ठ नागरिकको अनुपात अन्य उमेर समूहको भन्दा बढी हुने र यो अवस्थाले निरन्तरता पाउने छ ।
जनसंख्याको उमेरगत प्रक्षेपण अनुसार हामीले समाजमा धेरैखाले परिवर्तन गर्नुपर्ने छ । जनसंख्या अनुकूलको व्यवहार अपनाउनु पर्छ । ज्येष्ठ नागरिक मैत्री समाज निर्माणमा श्रम शक्तिको उचित व्यवस्थापन गर्न नीतिगत परिवर्तन जरुरी छ । अहिले बच्चा र युवाका प्राथमिकतामा परेका कतिपय योजना ज्येष्ठ नागरिकमुखी बनाउनुपर्ने हुन्छ । यस्तो बेला अवसरहरु पनि परिवर्तन हुनेछन । सेवाका क्षेत्र, जस्तैः व्यापार, खाना, खेलौना, कपडा, स्याहार, हेरचाह, अस्पताल, विद्यालयहरु त्यो समय ज्येष्ठ नागरिक केन्द्रित बनाउनुपर्नेछ । प्रविधिमा पनि व्यापक परिवर्तन जरुरी हुनेछ । हालका कम्प्युटर, मोबाइल, एप जस्ता उत्पादन पनि ६० वर्ष माथिलाई सहज हुने गरी उत्पादन गर्नुपर्छ । राजनीतिक दलहरुका घोषणापत्र र विकासका कार्यक्रमहरुमा पनि परिवर्तन आवश्यक हुन्छ । ती कार्यक्रम स्वतः ज्येष्ठ नागरिकमुखी हुनु पर्दछ । जनसंख्यामा उमेर समूह परिवर्तनसँगै पारिवारिक र पुस्तागत बनावट पनि फरक हुने छन । त्यसलाई नबुझी भोलिको समाजको स्वभाव बुझन कठिन हुन्छ । उमेर समूहमा आउने परिवर्तनसँगै हामीले हालसम्म देखे-भोगेको तीन पुस्ताको पारिवारिक संरचना पनि परिवर्तन हुने अनुमान गरिएको छ ।
राज्यले अहिले दिदै आएको सामाजिक भत्ता समय अनुकुल बढदैजाने महगीसंग मिल्ने हिसावले प्रत्यक वर्षवृद्धि गराउदै लानु पर्दछ । ज्येष्ठ नागरिकहरुलाई संमान पूर्वक जीवन यापन गर्नदिन सामाजिकर कानुनी तवरबाट राज्यको कर्तव्य हो । राज्यले द्रि्रकालिन योजना बनाएर असाहय ज्येष्ठ नागरिकलाई संरक्षण दिने वृद्धआश्रम प्रत्यक जिल्ला र क्षेत्रमा राख्नु पर्दछ । राज्यलाई हरेक नागरिकहरुले तोकिएको कर तिरेको हुन्छ । यो बाहेक ज्येष्ठ नागरिकहरुलाई दातृ निकायहरुले पनि सहयोग राज्यलाई प्रदान गरेको हुन्छ । यसरी जम्मा भएको सहयोग रकम जेष्ठ नागरिकहरु को संरक्षणमा खर्च गरिनु पर्दछ । अनिमात्र ज्येष्ठ नागरिकहरुले पाउने छन सामाजीक सुरक्षा र संरक्षण सामाजिक न्यायको लागि ज्येष्ठ नागरिकहरुको आवाजलाई सबैले सकारात्मक रुपले लिनु पर्दछ । समाजमा देखिएका वृद्धनागरिकका समस्यालाई सामाजिक तवरले हलगर्दै जाने हो भने यो समस्या कुनैदिन समाजमा देख्न सकिन्न । आफ्ना वालवालीकाहरुलाई सानैदेखि ज्येष्ठ नागरिकहरुको सम्मान र सेवागर्न सिकाऔ, आफु र समाजका नागरिकहरुलाई पनि वृद्धहरुलाई गर्ने व्यवहार, संमान, सेवा मा लाग्ने वातावरण सृर्जना गर्ने अभियानमा जुटौ ।










