धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि पथप्रदर्शक

रासस (गण्डकी)

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र पुतलीबजार नगरपालिकाको सहकार्यमा गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराइने भएको छ । धार्मिक एवं सांस्कृतिक महत्वकास्थललाई पर्यटनसँग जोड्ने ध्येयले सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

पुतलीबजार नगरपालिकास्थित पाणिनी गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीसम्मको अवलोकन भ्रमण गराउँदै धार्मिक एवं सांस्कृतिक पर्यटनका विविध पक्षबारे जानकारी गराइने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिनुभयो । धार्मिक एवं सांस्कृतिकस्थलको पर्यटकीय चिनारीका लागि गुरुकुलमा अध्ययनरत विद्यार्थी भविष्यमा राम्रो पथप्रदर्शक हुनसक्ने बताउँदै उहाँले अवलोकन भ्रमणका क्रममा धार्मिक पर्यटनका सम्भावना विषयक छलफल एवमं अन्तक्रिया गराइने बताउनुभयो ।

यही फागुन २२ गते शनिबारदेखि शुरु हुने चार दिवसीय अवलोकन भ्रमण स्वर्गद्वारीसम्म पुगेर सम्पन्न हुने जानकारी दिँदै भण्डारीले त्यस क्रममा ठाउँठाउँमा पर्ने धार्मिक पर्यटकीयस्थलको अवलोकन गराइने बताउनुभयो ।

“नेपालमा धेरै धार्मिक एवं सांस्कृतिक महत्वकास्थल छन्, ती स्थानमा पुग्ने जोकोही पर्यटकलाई त्यहाँको पौराणिक, धार्मिक, सांस्कृतिक आदि पक्षबारे स्पष्ट रुपमा जानकारी दिने पथप्रदर्शकको खाँचो छ”, उहाँले भन्नुभयो, “गुरुकुलका विद्यार्थीलाई लक्षित गरी गर्न लागिएको अवलोकन भ्रमणले धार्मिक तथा सांस्कृतिस्थलमा आवश्यकपर्ने पथप्रदर्शक तयार गर्ने दीर्घकालीन लक्ष्यमा सहयोग पुग्ने विश्वास लिएका छौं ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker