डुम्रे-बेसीसहर सडकखण्डमा मोटरसाइकल दुर्घटना, दुईजना घाइते

तनहुँको भानु नगरपालिका-२ पाउतुरे खोलाको पुल नजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय भानुका अनुसार बिहान करिब १२:०० बजे तुरतुरेतर्फबाट डुम्रे आउँदै गरेको लु ३८ प ४२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको सिमेन्टको पर्खाल नाघेर करिब २० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा गोरखा पालुङटार नगरपालिका-४ बस्ने ५० वर्षीय अर्जुन बहादुर अछामी (चालक) र सल्यान दार्मा गाउँपालिका-६ बस्ने २६ वर्षीया प्रतिभा देवकोटा घाइते भएका छन्।

प्रहरीका अनुसार अछामीको बायाँ खुट्टा र बायाँ आँखामा चोट लागेको छ भने देवकोटाको बायाँ आँखा र दाहिने खुट्टामा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको जनाइएको छ।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लगिएको र थप उपचारका लागि पोखरास्थित फेवासिटी अस्पताल रिफर गरिएको प्रहरीको भनाइ छ।

दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी भन्सारको नियन्त्रणमा राखिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker