अर्थ
-
Top 3 Feature Posts
२५ असार २०८२, बुधबार १४:०१मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
काठमाडौँ : यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ असार २०८२, बुधबार १३:५७आँबुखैरेनीस्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ असार २०८२, बुधबार १३:४४व्यासको बजेट : रु १ अर्ब ८१ करोड ७६ लाख पारित
दमौली : तनहुँको व्यास नगरपालिकाको ४३औं नगरसभा सोमबार नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । नगरसभाले नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु १ अर्ब ८१ करोड ७६ लाख १९ हजार बराबरको आय–व्यय बजेट कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ । सभामा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ असार २०८२, बुधबार १३:४२गण्डकीमा घरेलु मदिरा उत्पादन गर्ने बाटो खुल्यो
तनहुँ : गण्डकी प्रदेशमा घरेलु मुदिरा उत्पादनको कानुनी बाटो खुलेको छ । संसद्बाट पारित भएको गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐनको संशोधन विधेयकले घरेलु मदिरा उत्पादनलाई सहजीकरण गरेको हो । २०७५ सालमा यो ऐन बनेको थियो । सरकारले ऐनमा संशोधन गरेको हो । संशोधन विधेयकमा स्थानीय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ असार २०८२, सोमबार १३:०५रैथाने धान हराउने चिन्ता
गण्डकी : कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा करिब डेढ दशक अघिसम्म अधिकांशतः खेतमा पहेँले धान फल्ने गर्दथ्यो । तर अहिले त्यहाँको फाँटमा पहेँले धान पाउन मुस्किल छ । डेढ दशकको अन्तरालमा नै यहाँको फाँटमा पहेँले धान लगभग लोप जस्तै भइसकेको यहाँका स्थानीयवासी बताउँछन् । पहेँले धानका…
पुरा पढ्नुहोस -
अर्थ
२२ असार २०८२, आईतवार १२:५०तनहुँको देवघाटस्थित मधुवन सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती
दमौली : देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको छ । देवघाट–५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले जिल्लामै पहिलोपटक चार रोपनी जग्गामा सर्पगन्धाको आठ हजार बिरुवा रोपण गरेको छ । उक्त बिरुवा रोप्नका लागि डिभिजन वन कार्यालयले रु चार लाख र सामुदायिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ असार २०८२, शनिबार १४:५०गण्डकी प्रदेशमा बर्खे धान बालीको क्षेत्रफल घट्दै
गण्डकी : गण्डकी प्रदेशमा बर्खे धान बालीको क्षेत्रफल घट्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ९७ हजार ७६९ हेक्टरमा धानखेती गरिएकामा गत वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टर पुगेको हो । यस वर्ष भने ९४ हजार १८२ हेक्टरमा धान रोपाइँ हुने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ असार २०८२, शनिबार १४:४७व्यास नगरपालिकाले मानुङकोटलाई पर्यटकीय ग्रामका रुपमा विकास गर्ने
दमौली : तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम बनाउन लागेको हो । मानुङकोटको आकर्षणलाई व्यवस्थित गर्न एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिइएको नगरपालिकाका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ असार २०८२, बिहीबार १२:१७मुग्लिन–पोखरा सडक विस्तार : पटक–पटक म्याद थप्दा पनि समयमा काम नसकिने निश्चित
तनहुँ : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजना निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आँवुखैरेनी–जामुने (पूर्वी) र जामुने–पोखरा (पश्चिम) दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । योजनाको पूर्वी खण्डको म्याद सकिन अब दश दिन मात्र बाँकी छँदा ८५ प्रतिशत र पश्चिम खण्डको म्याद ६…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ असार २०८२, बुधबार १३:१७नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
त्रिवेणी (नवलपरासी) : नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताउनुभयो । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ असार २०८२, बुधबार १२:४९पर्यटन प्रवर्द्धनका लागि व्यास–मादी नदी एकीकृत विकास परियोजना अनुसार अगाडि बढ्दै व्यास
दमौली : तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन गुरुयोजना’ अनुसार पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई अगाडि बढाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले भानु शान्ति निकुञ्जबाट तयार पारिएको पर्यटन गुरुयोजना अनुसार अगाडि बढ्ने नीति लिइएको बताए । नगरपालिका भएर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ असार २०८२, मंगलवार १२:५५बन्दीपुरमा “बाख्रा साटासाट” कार्यक्रम
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न समुदायको जीवनस्तर उकास्ने तथा स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘बाख्रा साटासाट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका–१ अन्तर्गत आरुबोटे र बानियाटारका २४ जना किसानलाई उक्त कार्यक्रम अन्तर्गत बाख्रा, पाठा, उन्नत जातका बोका र निःशुल्क बीमा उपलब्ध गराइएको हो ।…
पुरा पढ्नुहोस