फाेटाे फिचर
-
८ माघ २०८०, सोमबार ११:१४पर्यटकीय गाउँ सिक्लेस
कास्कीको मादी गाउँपालिकामा अवस्थित पर्यटकीय गाउँ सिक्लेस । तस्बिर : राधिका कंडेल/रासस
पुरा पढ्नुहोस -
५ माघ २०८०, शुक्रबार ११:३८विज्ञान प्रदर्शनीको अवलोकन
तनहुँको व्यास नगरपालिका-१० स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयको ६६औं वार्षिकोत्सबका अवसरमा विद्यार्थीहरूद्वारा गरिएको विज्ञान प्रदर्शनी अवलोकन गर्दै गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ । विद्यार्थीहरुले आफुले तयार गरेका सामाग्रिका विषयमा सांसद श्रेष्ठ लगायत अन्य अतिथिहरुलाई जानकारी गराएका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ माघ २०८०, शुक्रबार ११:२६प्रहरीको ग्रामीण गस्ती एवं लघुसचेतना
जिल्ला प्रहरी कार्यालय तनहुँ अन्तर्गत प्रहरी चौकी किहुँका प्रहरी टोली भिमाद नगरपालिका-२ का विभिन्न ग्रामीण बस्तिमा लघुसचेतना कार्यक्रम गर्दै । प्रहरीले गाउँगाउँमा पुगेर स्थानीय बासिन्दाहरुसंग वस्तुस्थिती बुझने, समुदाय-प्रहरी-साझेदारी अवधारण अन्तर्गत घरेलु हिंसा न्यूनिकरण सम्बन्धमा लघु सचेतामुलक कार्यक्रम संचालन गरी सो सम्बन्धि सचेतनामुलक पर्चा (ब्रोसर) बितरण…
पुरा पढ्नुहोस -
४ माघ २०८०, बिहीबार ११:११पुजा सामाग्रिको व्यापार
तनहुँको भानु नगरपालिका-७ वसन्तपुर स्थित थानीमाईको मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गरी पुजा सामाग्रि विक्रीका लागि राख्दै स्थानीय महिलाहरु । यो मन्दिरमा फूल, अक्षता, नैवेध, धुपबत्ती लगायतका पुजा सामाग्रि चढाएर पुजाअर्चना गर्ने गरिन्छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ माघ २०८०, बुधबार ११:३२थानीमाईलाई फूलको डोली
तनहुँको भानु नगरपालिका-७ बसन्तपुर स्थित थानीमाई मन्दिरमा माघ महिनाको पहिलो मंगलबार फूलको डोली सहित पुजाअर्चना तथा दर्शनका लागि पुगेका भक्तजनहरु । मंगलबार तनहुँ, लमजुङ, गोरखा, कास्की लगायतका स्थानबाट ४३ वटा फूलको डोली सहित ३ हजार बढी भक्तजनले मन्दिरमा पुजाअर्चना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ…
पुरा पढ्नुहोस -
३ माघ २०८०, बुधबार ११:१५कुमाल वेषभूषा र संस्कृति
चितवनको भरतपुरस्थित गोलाघाटमा कुमाल समुदायको पहिरनमा सजिएर उनिहरुले प्रयोग गर्दै आएको माटाका गाग्री बोकेका युवायुवती। कुमाल समुदायको वेषभूषा र कलासंस्कृति संरक्षण र संवर्द्धनका लागि देशभरका कुमाल समुदाय यहाँ जम्मा भएर माघे संक्रान्ति पर्व मनाएका छन् । तस्बिर : कृष्ण आचार्य/रासस
पुरा पढ्नुहोस -
१ माघ २०८०, सोमबार ०९:२१काठेपुल तर्दै सर्वसाधारण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारको कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जान बनाइएको अस्थायी काठेपुल तर्दै सर्वसाधारण । तातोपानी कुण्ड जानका लागि पुलको अभाब भएपछि कालीगण्डकी नदी वारपार गर्न स्थानीय प्रवधिको प्रयोग गरेर काठेपुल निर्माण गरिएको हो । तस्बिर : कमल खत्री/रासस
पुरा पढ्नुहोस -
२९ पुष २०८०, आईतवार १२:५३कृषि हाटबजार
तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको शुक्रबारे कृषि हातबजारमा स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज खरिद बिक्री गरिदै । गाउँपालिकाले हाटबजार सञ्चालन गरेपछि कृषकहरुलाई आफुले उत्पादन गरेको उपज बिक्री गर्न र उपभोक्तालाई पनि शुलभ मूल्यमा कृषि उपज खरिद गर्न सहज भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ पुष २०८०, आईतवार १२:४७बाँसको हस्तकला बनाउने तालिम
तनहुँको शुक्लागण्डकी नगरपालिका-६ को आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद्ले सञ्चालन गरेको २५ दिने बाँसको हस्तकला तालिममा सहभागिहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस