फाेटाे फिचर
-
१३ पुष २०८०, शुक्रबार ११:५२परालको गुन्द्री
तनहुँको भानु नगरपालिका-६ टुहुरेपसलमा तान लगाएर परालको गुन्द्री बुन्दै स्थानीय महिला । बाबियोको डोरीको तान लगाएर हत्तासोको प्रयोग गरी परालको गुन्द्री बुन्ने र गुन्द्रीको प्रयोग गर्ने कार्य पछिल्लो समय लोप हुँदै गएको छ । कृषकले उन्नतजातको धानको विऊ प्रयोग गर्ने गर्दा गुन्द्री तयार गर्न आवश्यक…
पुरा पढ्नुहोस -
१३ पुष २०८०, शुक्रबार ११:३८कुकुरको बन्ध्याकरण
तनहुँको बन्दीपुर गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको समन्वयमा सञ्चालन गरेको दुइ दिने सामुदायिक तथा घर पालुवा कुकुरको बन्ध्याकरण शिविरमा कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सक तथा प्राविधिकहरु । पशु सेवा शाखा नाहालामा सञ्चालन गरिएको शिविरमा कुकुरलाई निःशुल्क…
पुरा पढ्नुहोस -
१३ पुष २०८०, शुक्रबार ११:३५रइटामा ऊनको धागो बनाउँदै महिला
रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा अंग्रेजी नयाँ वर्ष २०२४ का अवसरमा आयोजित २५औं पोखरा सडक महोत्सवमा रइटाबाट ऊनको धागो बनाउँदै महिला । तस्विरः राधिका कंडेल/रासस
पुरा पढ्नुहोस -
१२ पुष २०८०, बिहीबार ११:२९रानीपोखरीको पुनःनिर्माण
तनहुँको ऋषिङ गाउँपालिका-८ मा रहेको ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माण गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ पुष २०८०, बुधबार ११:२६गौशाला संरक्षणका लागि मादीनदीमा तटबन्धन
तनहुँको व्यास नगरपालिका-१० परेवाडाँडा स्थित गौशाला क्षेत्रलाई मादी नदीको कटान र डुबानबाट सुरक्षित गर्न तारजालीको प्रयोग गरी तटबन्ध गरिदै । गण्डकी प्रदेशको पूर्वाधार मन्त्रालय अन्तर्गत रहेको डिभिजन सिंचाई विकास कार्यालय तनहुँ मार्फत यस क्षेत्रको करिब तीन सय मटिर दुरीको नदी किनारमा तटबन्ध कार्यलाई तीब्रता दिएको…
पुरा पढ्नुहोस -
११ पुष २०८०, बुधबार ११:२०शोभा यात्रामा थारु महिला
चितवनको सौराहामा मंगलबारदेखि सुरु भएको १७औं चितवन हात्ती तथा पर्यटन महोत्सवको शोभा यात्रामा आफ्नो पहिरनमा सहभागी भएका थारु समुदायका महिलाहरु । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा सुरु महोत्सवमा हात्तीका विभिन्न गतिविधि हुनेछन्। तस्बिर : कृष्ण आचार्य/रासस
पुरा पढ्नुहोस -
११ पुष २०८०, बुधबार ११:१७बन्दीपुरमा यःमरि पुन्हि मनाउँदै
तनहुँको बन्दीपुरमा नेवाः देय दबु बन्दीपुर गाउँ कार्यसमितिले मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मंगलबार यःमरी पुन्हि मनाउँदै । नयाँ धान भित्रयाएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउने गर्दछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो…
पुरा पढ्नुहोस -
९ पुष २०८०, सोमबार १२:४५मानहुँकोटको प्राकृतिक सुन्दरता (फोटोफिचर)
तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटबाट देखिएको प्राकृतिक सुन्दरता । विशेष गरी चिसो मौसम सुरुभएसंगै सदरमुकाम दमौली लगायत आसापसका क्षेत्रलाई ढपक्क ढाक्ने सेतो कुहिरो, सूर्योदय, उत्तरतर्फ लहरै मिलेर बसेका सेता हिमाल, पहाडका तरेली तथा अन्य प्राकृतिक सुन्दरता अवलोकन गर्ने यहाँ पर्यटक पुग्ने गरेका छन् । तस्विर…
पुरा पढ्नुहोस -
८ पुष २०८०, आईतवार ११:३०कति किलो भयो ?
तनहुँको ऋषिङ गाउँपालिकाको ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईले आफ्नो सेवा क्षेत्रका बालबालिकाको तौल परीक्षण गदै । स्थ्य इकाई अन्तर्गत रहेको ग्वास्लुङ्ग स्वास्थ आमा समूह नियमित बैठक, वालवालिकालाई लगाइने खोप कार्यक्रम, बालबालिकाको वृद्धिविकासको नियमित अनुगमन, गर्भवती आमा तथा वालवालिकाको पोषण अवस्थाको अनुगमनका साथै परिवार नियोजनका अस्थायी साधन…
पुरा पढ्नुहोस