फाेटाे फिचर
-
१ असार २०८०, शुक्रबार ११:४३निर्माणाधिन ल्याण्डफिल्ड साइड
तनहुँको म्याग्दे गाउँपालिकाको वडा नं. २ मा निर्माणधिन ल्याण्डफिल्ड साइड । गाउँपालिकाले नगर विकास कोषको सहकार्यमा निर्माण गरेको ल्याण्डफिल्ड साइडको विहीबार कोषका प्रतिनिधिहरु र गाउँपालिकाका प्रतिनिधि तथा कर्मचारीहरुले संयुक्त रुपमा अनुगमन गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३२ जेष्ठ २०८०, बिहीबार ११:४१किसानलाई बाँदर धपाउन बन्दुक
तनहुँको बन्दिपुर गाउँपालिकाको ६ वटै वडाका कृषकलाई बाँदर धपाउनकालागि बन्दुक वितरण गर्दै वडा नं. १ का अध्यक्ष एवं प्रवक्ता शिवकुमार श्रेष्ठ । गाउँपालिकाले कृषकहरुलाई पहिलो चरणमा ३० वटा बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । यो बन्दुक पड्काउँदा ठुलो आवाज आउने भएकाले बाँदर भाग्ने…
पुरा पढ्नुहोस -
३२ जेष्ठ २०८०, बिहीबार ११:३४विद्यार्थीको पिटी प्रदर्शन
गोरखाको गण्डकी गाउँपालिका-२ ताङ्लीचोक पातीस्वारा स्थित श्री ताङ्लीचोक माध्यमिक विद्यालयका विद्यार्थीहरु बिहानी प्रार्थना र पिटीमा सहभागि हुँदै । विद्यालयमा करिब १८० जना बालबालिकाहरु अध्ययनरत छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३२ जेष्ठ २०८०, बिहीबार ११:३१कृषकलाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर
तनहुँको म्याग्दे गाउँपालिकाद्वारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गर्दै । पालिकाको कृषि शाखाको स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका विभिन्न वडाका १७ जना कृषकहरुलाई ७० हजार रुपैयाँ मूल्य पर्ने टयाक्टर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ जेष्ठ २०८०, बुधबार १२:००चोयाको डोको बुन्दै
गोरखाको गण्डकी गाउँपालिका-२ बासपानीका ९० वर्षीय वृद्ध बाँसको चोयाबाट डोको बुन्दै । नयाँ पुस्तामा डोको बुन्ने सीप हस्तान्तरण नहुनुका साथै प्रयोग पनि घट्दै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ जेष्ठ २०८०, बुधबार ११:५१एकै नासका घर
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गा छाएका एकै नासका घर । ल्वाङ गाउँ होमस्टेका लागि प्रख्यात छ । तस्बिर : कृष्ण दवाडी/रासस
पुरा पढ्नुहोस -
३० जेष्ठ २०८०, मंगलवार १३:०३कृषकलाई अनुदानमा मौरी घार
तनहुँको आँबुखैरेनी गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई मौरी घार वितरण गर्दै । गाउँपालिकाले एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत वडा नं. ४ का कृषकहरुलाई ११८ वटा आधुनिक घार वितरण गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० जेष्ठ २०८०, मंगलवार १२:२०खानेपानीका लागि जनश्रमदान
तनहुँको बन्दिपुर गाउँपालिका-६ का बासिन्दाहरु खानेपानीको पाइप पर्ुन तथा मर्मत सुधारका लागि श्रमदान गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ जेष्ठ २०८०, आईतवार ११:३६धान रोपाई सुरु भयो
तनहुँको शुक्लागण्डकी नगरपालिका-८ का कृषकहरु स्थानीय वाराही टोलमा रोपाइँ गर्दै । लामो खडेरी परे पनि सिंचाई सुविधा भएका केही ठाउँमा रोपाइँ सुरु भएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस