फाेटाे फिचर
-
१० फाल्गुन २०७९, बुधबार १०:१३केराउ खेती
तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारमा व्यवसायिक रुपमा गरिएको केराउ खेती । गाउँपालिकाले कृषकहरुलाई व्यवसायिकता तर्फउन्मुख गराउन उन्नतजातका बीउ ८५ प्रतिशत अनुदानमा उपलब्ध गराएको छ भने आवश्यक सामाग्रिमा पनि सहयोग गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ फाल्गुन २०७९, सोमबार ११:३४म्याग्दे खोलामा माछा मार्दै
तनहुँको म्याग्दे गाउँपालिका स्थित म्याग्दे खोलमा माछा मार्दै स्थानीय महिलाहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ फाल्गुन २०७९, सोमबार ११:३२चेपाङ बालबालिका
तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरको राम्चे स्थित सुर्योदय प्राथमिक विद्यालयमा पढ्दै गरेका चेपाङ समुदायका बालबालिका । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ फाल्गुन २०७९, आईतवार १२:३२भिमादमा माछा मार्ने मेला
तनहुँको भिमाद नगरपालिका-३ खेक्रेटार स्थित बुडुवा खोलामा माछा मार्दै स्थानीय । स्थानीयले महाशिवरात्री पर्वका अवसरमा वर्षोनी मेलाकै रुपमा माछा मार्ने गर्दछन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ फाल्गुन २०७९, शुक्रबार ११:३५चेपाङको घर न ढोका न झ्याल
तनहुँको व्यास नगरपालिका-११ तनहुँसुर स्थित राम्चेमा बसोवास गरेका चेपाङ समुदायको घर । दाउराको झिंगटाले बारबेर गरी खरले छाइएको घरमा ढोका, झ्याल पनि छैनन् । चरम गरिवीबाट गुज्रिएका यहाँका चेपाङ समुदायको जीवनस्तर उकास्नका लागि सरोकारवाला निकायले खासै ध्यान पुर्याउन सकेका छैनन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ फाल्गुन २०७९, शुक्रबार ११:२५सामुहिक श्रमदान
तनहुँको बन्दिपुर गाउँपालिका-१ उपल्लोफाँटटोल बिकास समितिका सदस्यहरू सडकको नाला निर्माणका लागि सामुहिक रुपमा श्रमदान गर्दै । स्थानीय उपभोक्ताहरुले पालिकाले विनियोजन गरेको पाँच लाख रुपैयाँबाट निर्माण गरिने बाटोको नाला निर्माण, कटिङ, ग्रावेल गर्ने लगायतका कार्यमा श्रमदान गर्दै आएका छन् । कम रकम विनियोजन, धेरी कामको इष्टमेट…
पुरा पढ्नुहोस -
४ फाल्गुन २०७९, बिहीबार १२:२३बासको बाता (चोया) काट्दै
तनहुँको व्यास नगरपालिका-११ तनहुँसुर स्थित राम्चेका स्थानीय बासको बाता (चोया) काट्दै । खरको प्रयोग गरी घर तथा गोठको पालि छाउने क्रममा बासबाट बनाइएको बाता (चोया) प्रयोग गर्ने गरिन्छ । पछिल्लो समय कंक्रिटयुक्त घर निर्माण तथा घरको छानोमा जस्तापाता, ढुंगाको प्रयोग गर्न थालिएपछि खर र चोयाको…
पुरा पढ्नुहोस -
४ फाल्गुन २०७९, बिहीबार ११:४०घाँसीकुवाको अस्तित्व संकटमा
आदिकवि भानुभक्त आचार्यको पहिचानसंग जोडिएको घाँसीकुवाको अस्तित्व नासिने जोखिममा परेको छ । पृथ्वीराजमार्ग चार लेनमा विस्तार गर्ने कार्य अगाडि बढेसंगै सडकसिमा भित्र पर्ने घाँसीकुवा र घाँसीपार्कको अस्तित्व संकटमा परेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ फाल्गुन २०७९, बुधबार ११:१६गोलभेडा खेती
तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारमा प्लाष्टिक टनेलमा गरिएको व्यवसायिक गोलभेडा खेती । गाउँपालिकाले कृषकहरुलाई व्यवसायिकता तर्फ उन्मुख गराउन उन्नतजातका बीउ ८५ प्रतिशत अनुदानमा उपलब्ध गराएको छ भने आवश्यक सामाग्रिमा पनि सहयोग गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस