फाेटाे फिचर
-
२१ फाल्गुन २०७९, आईतवार ११:२१अतिथिको स्वागत
तनहुँको म्याग्दे गाउँपालिका-४ मुहुनेचौतारामा गैराछाङहटिया पार्कमा निर्माण गरिएको हटिया चौतारा तथा पार्कको शनिबार आयोजना गरिएको उद्घाटन कार्यक्रममा सहभागि अतिथिहरुलाइ साँस्कृतिक नृत्य प्रस्तुत गरी स्वागत गर्दै स्थानीय महिलाहरु । उक्त कार्यक्रममा विभिन्न चर्चित कलाकारहरुले पनि साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ फाल्गुन २०७९, शुक्रबार १२:०४कोभिड-१९ विरुद्धको बुस्टर खोप
तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको कोभिड-१९ विरुद्ध बुस्टर खोप अभियानमा विहीबार खोप लगाउँदै एक वृद्धा । नगरपालिकाले सबै वडामा विहीबार र शुक्रबार कोभिड-१९ विरुद्धको पहिलो श्रृंखला (ज्यान्सेन खोपको एक मात्रा र अन्य कोभिड विरुद्धको खोपको हकमा दुइ मात्रा) पूरा गरी तीन महिना भएका १२ वर्षमाथिका…
पुरा पढ्नुहोस -
१९ फाल्गुन २०७९, शुक्रबार ११:४७सामुहिक व्रतबन्ध
तनहुँको व्यास नगरपालिका-५ पाटन स्थित पराशर आश्रममा विहीबार पराशर आश्रम संरक्षण समितिले आयोजना गरेको सामुहिक व्रतबन्धमा सहभागि भएको बटुक र वटुकका आफन्तहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ फाल्गुन २०७९, बिहीबार १२:२५सक्छौं सफा गर, सक्दैनौं फोहोर नगर
तनहुँको आँवुखैरेनी गाउँपालिका-५ छिम्केश्वरी मन्दिर जाने बाटो सरसफाई गर्दै स्थानीय । फागु पूर्णिमा पर्वका अवसरमा जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला सञ्चालन गरिने र उक्त मेलालाई लक्षित गर्दै स्थानीइ लब्दी, भोटेश्वाँरा लगायतका गाउँका बासिन्दाले सामुहिक रुपमा बाटो तथा मन्दिर क्षेत्र वरपर…
पुरा पढ्नुहोस -
१७ फाल्गुन २०७९, बुधबार १२:१०चेपाङ बालबालिका
तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरको राम्चे स्थित सूर्योदय प्राथमिक विद्यालयमा पठनपाठन गर्दै चेपाङ समुदायका बालबालिका । विद्यालयमा खुवाइने दिवा खाजाका कारण चेपाङ बालबालिका विद्यालय आउने गरेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ फाल्गुन २०७९, बुधबार ११:३०पालोको पर्खाइ
तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा परीक्षण शिविरमा पालोको पर्खाइमा लाम्बद्धा स्थानीय सेवाग्राहीहरु । हिमालाय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तीन दिनसम्म सञ्चालन गरिएको शिविरको तेश्रो दिन ४६८ जनाको आँखा परीक्षण गरिएको छ भने तीन दिनसम्म गरी १ हजार २०९ जनाले सेवा लिएका छन्…
पुरा पढ्नुहोस -
१६ फाल्गुन २०७९, मंगलवार १२:२९आँखा परीक्षण
तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको आँखा शिविरमा आँखा परीक्षण गरिदै । गाउँपालिकाले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक, श्री सुर्य नेपाल र तनहुँ हाइड्रोपावर नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरको दोश्रो दिन ५३६ जनाको आँखा परीक्षण गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ फाल्गुन २०७९, मंगलवार १२:२०गर्भवती महिलालाई पोषण कार्यक्रम
तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको महिलासंग उपमेयर कार्यक्रम अन्तर्गत गर्भवती महिला पोषण कार्यक्रमबाट प्रोत्साहन रकम वितरण गरिदै । उक्त कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं. ११ र १२ का गर्भवती महिलाहरूलाई गर्भवती प्रोत्साहन रकम वितरण गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ फाल्गुन २०७९, मंगलवार १२:१८४१औं मगर दिवस
४१औं मगर दिवसका अवसरमा तनहुँको दमौलीमा निकालिएको साँस्कृतिक झाँकीमा नृत्य प्रस्तुत गर्दै मगर समुदायका महिलाहरु । तनहुँका १० वटै पालिकामा मगर समुदायले विविध कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् । यस्तै दिवसका अवसरमा तनहुँका भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, बन्दिपुर…
पुरा पढ्नुहोस