फाेटाे फिचर
-
११ माघ २०७९, बुधबार ११:३२सेती नदी किनारबाट बालुवा निकाल्दै
तनहुँको शुक्लागण्डकी नगरपालिकाको गाँछेपानी नजिकै सेती नदी किनारबाट बालुवा निकाल्दै खानी मजदुरहरु । नगरपालिकाले ९ वटा घाट खुल्ला गरेपनि क्रसर उद्योग बन्द हुँदा निकालिएको बालुवा सहजै नउठ्दा मजदुरहरुलाई दैनिकी चलाउन समस्या पर्न थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ माघ २०७९, बुधबार ११:२४विद्यार्थीको साँस्कृतिक कार्यक्रम
तनहुँको म्याग्दे गाउँपालिकाको जामुने स्थित राधा माध्यमिक विद्यालयको ४२औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै बालबालिका । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० माघ २०७९, मंगलवार ११:५०छ लेनको सडकबाट देखिएको हिमशृङ्ला
राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका-२५ हेमजा खण्डको छ लेनको सडक र सडकबाट देखिने हिमशृखला । तस्बिर : कृष्ण दवाडी/रासस
पुरा पढ्नुहोस -
९ माघ २०७९, सोमबार ११:२२ग्रामीण महिलाको दैनिकी
तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरको लोक्माका महिलाहरु बारिमा रोपेको आलुमा कमिला लागेपछि खानायोग्य छनोट गर्दै । सिंचाई सुविधा नभएको र हिउँदे वर्षा पनि भएका कारण ग्रामीण क्षेत्रमा यस वर्षहिउँदे बाली फस्टाउन सकेको छैन । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ माघ २०७९, सोमबार ११:१३गाउँघर क्लिनिक
तनहुँको भानु नगरपालिका-९ चितिखोला स्थित बडहरे आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गाउँघर क्लिनिक कार्यक्रम अन्तर्गत स्थानीयको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतानमूलक कार्यक्रम गर्दै स्वास्थ्यकर्मीहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ माघ २०७९, आईतवार ११:३७कालिका भगवती मन्दिर
माघको पहिलो शनिबार बागलुङको कालिका भगवती मन्दिरमा दर्शन गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : रामबहादुर थापा, रासस
पुरा पढ्नुहोस -
८ माघ २०७९, आईतवार ११:३५छाब्दीवाराही मन्दिर
तनहुँको व्यास नगरपालिका-१४ मा अवस्थित प्रसिद्ध छाब्दीवाराही मन्दिर । मनले चिताएको पूरा हुने धार्मिक विश्वासकासाथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गर्छन् । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ माघ २०७९, शुक्रबार ११:३७तनहुँ जलविद्युत आयोजना
तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरमा निर्माणाधिन १४० मेघावट क्षमताको तनहुँ जलविद्युत आयोजनको प्याकेज १ अर्न्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) निर्माण स्थल । सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि, नेपाल जेभीले प्याकेज-१ अन्तर्गत एक हजार २ सय मिटर लामो रहेको नदी फर्काउने बाँधको एक हजार मिटर…
पुरा पढ्नुहोस -
४ माघ २०७९, बुधबार १०:१८घरआँगनमै सेवा
तनहुँको भिमाद नगरपालिका-३ का लक्षित समुह तथा ज्येष्ठ नागरिकलाई घर आँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस