फाेटाे फिचर
-
४ पुष २०७९, सोमबार ११:४८विद्यार्थीले तयार पारेको विज्ञान सामग्री
रामतुलसी मावि रामपुर पाल्पामा कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीले तयार पारेका विज्ञान सामग्री । तस्बिर : सुशीला रेग्मी/रासस
पुरा पढ्नुहोस -
४ पुष २०७९, सोमबार ११:४२राजमार्ग बिस्तार तीव्र
पृथ्वी राजमार्गको मुग्लिङ-पोखरा सडक बिस्तार योजना अन्तरगत जामुने-पोखरा खण्डको शुक्लागण्डकी स्थित गाछेपानीमा सडक टेवा पर्खाल लगाइदै । सडक बिस्तार अभियान अन्तर्गत राजमार्गको आँबुखैरेनी-जामुने खण्ड र जामुने-पोखरा खण्डमा सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ पुष २०७९, शुक्रबार ११:२९वैकल्पिक मार्गको निर्माण
तनहुँको शुक्लागण्डकी नगरपालिकाको बजार सरसफाईबाट निस्केको सामग्री नगरपालिकाको वडा नं. ४ नयाँपुलदेखि गाछेपानी जाने सडकखण्डमा प्रयोग गरी वैकल्पिक मार्ग निर्माण गरिदै । नगरपालिकाले प्राविधिक लगत इस्टमेट बमोजिम वडा नं. ८, ९, १०, ११, १२ लगायतका स्थानबाट आउने सवारी साधनको वैकल्पिक मार्गको प्रयोग गर्ने र सवारी…
पुरा पढ्नुहोस -
१ पुष २०७९, शुक्रबार ११:२६कृषकलाई अनुदानमा हाते ट्याक्टर
तनहुँको भिमाद नगरपालिकाको वडा नं. ९ का कृषकलाई हाते ट्याक्टर हस्तान्तरण गर्दै नगर उपप्रमुख शारदा खनाल । नगरपालिकाको समन्वयमा कृषिसंग सम्बन्धित संस्था हेफर र अतिप्रिय सहकारीको सहयोगमा कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ मंसिर २०७९, बिहीबार ११:३८कोदो टिप्दै किसान
खोटाङको रावाबेंसी गाउँपालिका-१ कुभिण्डेस्थित दाहालगाउँका किसान कोदो टिप्दै । जिल्लामा कोदोको उचित मूल्य नपाउँदा कृषकले कोदोखेती कम गर्न थालेका छन् । तस्बिर : केदार मगर/रासस
पुरा पढ्नुहोस -
२९ मंसिर २०७९, बिहीबार ११:३५गाउँपालिकाको एम्वुलेन्स सेवा
तनहुँको आँवुखैरेनी गाउँपालिकाले वडा नं. ५ छिम्केश्वरी क्षेत्रका बासिन्दालाई लक्षित गरी सञ्चालनमा ल्याएको एम्वुलेन्स सेवा । भौगोलीक हिसावले कठिनाई तथा जोखिमयुक्त सडकका कारण सहज रुपमा यातायात सुविधाको पहुँच नहुँदा स्वास्थ्य उपचार सेवा लिनबाट बञ्चित भएका सुत्केरी तथा बुढाबुढीहरुलाई गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।…
पुरा पढ्नुहोस -
२८ मंसिर २०७९, बुधबार ११:२६थानीमाईलाई फूलको डोली
तनहुँको भानु नगरपालिका-७ वसन्तपुरस्थित प्रसिद्ध धार्मिक स्थल थानीमाई मन्दिरमा मंगलबार फूलको डोली सहित दर्शन गर्न पुगेका भक्तजनहरु । सोमबार सत्यनारायणको पूजा गरी मंगलबार मन्दिरमा बाजागाजा सहित भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन् । मंसिर महिनाको अन्तिम मंगलबार ४५ वटा फूलको डोली मन्दिरमा चढाइएको छ भने सोमबार…
पुरा पढ्नुहोस -
२८ मंसिर २०७९, बुधबार ११:११टुडिखेलमा पर्यटक
तनहुँको पर्यटकीय नगरी बन्दिपुर स्थित टुडिखेलबाट हिमाललाई पृष्ठभूमिमा राखेर तस्विर खिच्न व्यस्थ आन्तरिक पर्यटक । बन्दिपुरमा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ मंसिर २०७९, मंगलवार ११:२०विद्यार्थीको स्वागत नृत्य
तनहुँको व्यास नगरपालिका-५ स्थित जनजुक्ता मावि र उदय माविमा सञ्चालन गरिएको आधारभूत शिक्षा परियोजना कार्यक्रममा सहभागि भएका अतिथिहरुलाई कौरा नृत्य प्रस्तुत गरी स्वागत गर्दै विद्यार्थीहरु । रोटरी क्लव अफ दमौलीले अमेरिका स्थित रोटरी क्लव अफ सनसेट हुनुलुलु हवाईको सहयोगमा पर्यटन, कृषि, शिक्षा लगायतका विषयमा काम…
पुरा पढ्नुहोस