फाेटाे फिचर
-
२३ श्रावण २०७९, सोमबार ११:३८राहादानी बनाउनेको भीड
जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबार राहादानी बनाउनका लागि आएका सेवाग्राहीहरु । वैदेशीक रोजगारी, अध्ययनका लागि विदेश जाने लगायतका प्रयोजनका लागि युवायुवतीहरुले राहादानी बनाउने गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ श्रावण २०७९, आईतवार ११:५६सामुहिक रुपमा धान गोड्दै किसान
तनहुँको भानु नगरपालिका-८ जैविक कृषि सहकारी संस्थामा आवद्ध कृषकहरु सामुहिक रुपमा धान खेत गोड्दै । संस्थाले प्रमाणित वीउ उत्पादन कार्यक्रम भानु कृषि सहकारी भानु-८ र भानु नगरपालिकाको आर्थिक सहयोगमा बीउ उत्पादनका लागि एक हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीको पहिलो चरणको गोड्मेल गरिएको छ । प्रयाप्त…
पुरा पढ्नुहोस -
२२ श्रावण २०७९, आईतवार ११:३७व्यवसायिक भैसी पालन
तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित वैशाखेघाट लाईभस्टक एग्रो प्रालिमा व्यवसायिक रुपमा दुध उत्पादनका लागि पालिएका भैंसी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ श्रावण २०७९, बिहीबार ११:३२ट्राफिक सचेतना
नेल्टा तनहुँले बुधबार दमौलीमा आयोजना गरेको ट्राफिक सचेतना मुलक र्यालीमा ट्राफिक नियम पालना सम्बन्धी सन्देश लेखिएका प्लेकार्ड सहित र्यालीमा सहभागि भएका विद्यार्थीहरु । नेल्टा तनहुँले ट्राफिक प्रहरी कार्यालय तनहुँसंग सहकार्य गरी विद्यार्थीहरुलाई ट्राफिक नियमको पालना तथा सडक दुर्घटना लगायतका विषयमा जानकारी गराएको थियो । तस्विर…
पुरा पढ्नुहोस -
१८ श्रावण २०७९, बुधबार ११:२४पाठ्यक्रम प्रबोधीकरण तालिम
तनहुँको भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ तनहुँको सहयोगमा सञ्चालन गरिएको पाठ्याक्रम प्रबोधीकरण तालिममा सहभागि शिक्षकहरु । नगरपालिकाले कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम प्रबोधीकरण शुरू गरेको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए । तालिम…
पुरा पढ्नुहोस -
१७ श्रावण २०७९, मंगलवार ११:४८सोमबारे वर्त
तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा साउनको तेश्रो सोमबार शिवलिङ्गमा पुजाअर्चना गरी दुध चढाउँदै युवतीहरु । देवघाटधाममा बोलबममेला भर्न आउने भक्तालुको भिड बढेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ श्रावण २०७९, मंगलवार ११:२९बालिकालाई आइरन चक्की
तनहुँको ऋषिङ्ग गाउँपालिका-२ स्थित राधा आधारभूत विद्यालयका किशोरीहरुलाई आइरन चक्की खुवाइँदै । १० देखि १९ वर्ष समुहका किशोरीलाई पालिकाहरुले आइरन चक्की खुवाउने अभियान थालेका छन् । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ श्रावण २०७९, सोमबार ११:३८जहाजको बडीभित्रै रेस्टुरेन्ट
लमजुङ सदरमुकामको बेंसीसहर नगरपालिका-३ दनाई गाउँ नजिकै एक स्थानीय बासिन्दाले ग्राहक आकर्षिक गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन गर्दै । जिल्लामा पछिल्लो समयमा होटल रेस्टुरेन्टमा लगानीकर्ता वृद्धि हुँदै गएपछि अन्य रेस्टुरेन्टभन्दा फरक र आकषिर्त देखिएको छ । तस्बिर: जनक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
१५ श्रावण २०७९, आईतवार १२:१५किसानलाई कोदोको विऊ रोप्न चटारो
तनहुँको शुक्लागण्डकी नगरपालिका-११, थामडाडाँका किसानहरु कोदोको विऊ रोप्दै । खेतको रोपाई सके लगत्तै किसानहरु पाखो बारीमा कोदोको विऊ रोप्ने गर्दछन् । पछिललो समय कोदो खोती लोप हुँदै जान थालेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस