फाेटाे फिचर
-
९ मंसिर २०८२, मंगलवार १३:४९बेनीकोटको सुन्तला बजार पठाउने तयारी
तनहुँको व्यास नगरपालिका–१३ बेनीकोट गाउँमा उत्पादित सुन्तला बजार पठाउनका लागि ग्रेडिङ गरिदै । स्थानीय कृषकहरु यतिबेला सुन्तला टिप्न व्यस्थ छन् । व्यापारीहरुले यहाँ उत्पादित सुन्तला दमौली, काठमाडौं, पोखरा लगायतका बजार क्षेत्रमा बिक्रवितरण गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ मंसिर २०८२, मंगलवार १३:४३धान भित्र्याउने चटारो
तनहुँको व्यास नगरपालिका–५, साँगेफाँटस्थित बरबोटे खेतमा पाकेको धान झाँटेर भित्र्याउँने तयारी गर्दै किसान। यतिबेला यहाँका किसान पाकेको धान भित्र्याउनमा व्यस्त छन् । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
८ मंसिर २०८२, सोमबार १३:३२दाई हालेर धानपराल छुट्याइदै
तनहुँको भिमाद नगरपालिका–१ उब्दिका किसान डुम्रीबेशी तुरतुरे खेतमा गोरुले दांई हालेर धानपराल छुट्याउँदै कृषकहरु । कृषकले दाई हालेर धान भकारीमा भण्डरण गर्ने र टौवा बनाएर पराल थनाकाउने गर्दछन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ मंसिर २०८२, शनिबार २०:५०आन्तरिक पर्यटकले भरिभरौ बन्दीपुर (तस्विरहरु)
बन्दीपुर : बन्दीपुरको सुस्ताएको पर्यटन पछिल्लो समय लयमा फर्कने थालेको छ । जेन–जी आन्दोलन पछि सुस्ताएको यहाँको पर्यटन सप्ताहन्त तथा बिदाका दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो । विभिन्न विद्यालय, संघ–संस्थाहरुको शैक्षिक भ्रमण र परिवारिक घुमफिरका लागि बन्दीपुर आउने गरेको पर्यटन विकास समितिका अध्यक्ष…
पुरा पढ्नुहोस -
५ मंसिर २०८२, शुक्रबार १०:५३घरपालुवा पशुको स्वास्थ्य उपचार
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमा घरपालुवा बाख्रा र कुकुरलाई सलाइनमार्फत औषधि दिएर उपचार गरिँदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ मंसिर २०८२, शुक्रबार १०:४८सडक कालोपत्र कार्यको अनुगमन
तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाली–भुँडाटार (माथिल्लो बगैँचा) सडक कालोपत्रे कार्यको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष अध्यक्ष सुरेन्द्रबहादुर थापा, इन्जिनियर आशिष पोखरेल, योजना शाखा प्रमुख पुरन खवासलगायतको टोली । करिब ४०० मिटर लम्बाइको उक्त सडकमा ५.१५ मिटर चौडाइको बेस र ५ मिटर चौडाइमा कालोपत्र गर्न लागिएको छ ।…
पुरा पढ्नुहोस -
४ मंसिर २०८२, बिहीबार १३:१९हिमालसंग तस्विर खिचाउँदै
थाइल्यान्डबाट पर्यटकीय नगरी तनहुँको बन्दीपुर घुम्न आइपुगेका पर्यटकहरु हिमाललाई पृष्ठभूमि बनाएर तस्विर खिचाउँदै । बन्दीपुरको प्राकृतिक सुन्दरता, यहाँबाट देखिने हिमश्रृंखला, पहाडका तरेलीका दृष्यले आन्तरिक तथा वाह्य पर्यटकलाई लोभ्याउने गर्दछ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ मंसिर २०८२, बुधबार १२:४४कोदो टिप्दै
तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका किसानहरु पाकेको कोदो टिप्दै । ग्रामीण क्षेत्रको प्रमुख बालिका रुपमा लिइने कोदो पछिल्लो समय युवा जनशक्तिको अभावमा कोदो खेती कम हुँदै गएको छ भने यसको माग भने बढ्दै गएको छ । तस्विर : अशोक विश्वकर्मा/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ मंसिर २०८२, बुधबार १२:३८हिमालको फोटो कैद
पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरस्थित टुडिखेलबाट हिमालको फोटो क्यामेरामा कैद गर्दै एक पर्यटक । पर्यटकीययाम सुरु भएसंगै बन्दीपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढेको छ । तस्विर : वसन्त पौडेल/भञ्ज्याङ
पुरा पढ्नुहोस