घरदैलोमा उम्मेदवार

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक राज जोशी मतदातालाई घरदैलोमा भेट्दै मत माग्दै । उम्मेदवार जोशीले मंगलबार बन्दीपुर, दुईपिप्ले, डुम्रे साझबोटे, नयाँबस्ती, केबलकार बेस स्टेशन तथा विमलनगर क्षेत्रमा घरदैलो गरेका थिए । मतदातालाई प्रत्यक्ष भेटघाट गर्दै वर्तमान राजनीतिक अवस्था, सुशासनको आवश्यकता तथा तनहुँबासीले भोगिरहेका विभिन्न समस्याहरूका बारेमा विस्तृत छलफल गर्दै स्थानीयवासीहरूले रोजगारीको अभाव, स्वास्थ्य सेवाको पहुँच, गुणस्तरीय शिक्षा, सडक तथा यातायातको अवस्था, खानेपानी, कृषि तथा स्थानीय आर्थिक अवसरको अभाव जस्ता विषयमा आफ्ना गुनासा र सुझावहरू राखेका थिए । तस्विर : भञ्ज्याङ










