फाेटाे फिचर
-
२८ चैत्र २०७८, सोमबार ११:३८चैतेदशैं तथा रामनवमी मेलामा भलिबलि प्रतियोगिता
तनहुँको भानु नगरपालिका-१० रामपुरटारमा चैतेदशैं तथा रामनवमी मेलामा आयोजित भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी र दर्शकहरु । मेलामा भलिवल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, घैंटो फुटाइ तथा भाले समाई खेल प्रतियोगिताका साथै विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ चैत्र २०७८, आईतवार १२:०३तिब्रगती जीवनको क्षती …….!
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा सवारी चालकलाई सिमित गतिमा चलाउँना आग्रह गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका एक ट्राफिक प्रहरी । तनहुँ ट्राफिक प्रहरीले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्ड तथा बजार क्षेत्रमा सवारी साधन चलाउदा सिमित गतिमा सवारी साधन चलाऔ, सम्भावित दुर्घटनाबाट बाचौं र बचाऔं भन्ने सन्देशमुलक…
पुरा पढ्नुहोस -
२५ चैत्र २०७८, शुक्रबार १२:३१टाइफाइडविरुद्धको खोप
पोखराका विद्यार्थीलाई टाइफाइडविरुद्धको खोप लगाइदै । तस्बिर : राधिका कँडेल/रासस
पुरा पढ्नुहोस -
२५ चैत्र २०७८, शुक्रबार ११:३१महोत्सवमा स्वागत नृत्य (फाटोफिचर सहित)
तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा विहीबारबाट सुरु भएको ‘शुक्लागण्डकी महोत्सव-२०७८’ को उद्घाटन समारोहमा स्वगत नृत्य प्रस्तुत गर्दै एक किशोरी । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले वैशाख ५ गतेसम्म खैरेनीटारमा महोत्सव सञ्चालन गर्ने भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ चैत्र २०७८, शुक्रबार ११:२०सरसफाई
तनहुँको दमौली स्थित खेलमैदानमा सरसफाई गरिदै । आठौं तनहुँ महोत्सव सञ्चालनका क्रममा खेलमैदानमा फोहोरमैला थुप्रिएपछि महोत्सव आयोजक तनहुँ उद्योग वाणिज्य संघले विहीबार सरसफाई कार्यक्रम गरेको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ चैत्र २०७८, बिहीबार ११:४०राष्ट्रिय परिचयपत्र
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्रका लागि आफ्नो वायोमेटि्रक विवरण रेकर्ड गराउँदै एक युवा । राहादानी लगायतका कागजपत्र तयार गर्न राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिएपछि अहिले जिल्लामा विवरण संकलन कार्यलाई तीब्रता दिइएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ चैत्र २०७८, बुधबार ११:४५चिल्ड्रेनपार्क
तनहुँको व्यास नगरपालिकाले वडा नं. ३ स्थित खुल्ला चौरमा सञ्चालनमा ल्याएको चिल्ढ्रेन पार्कमा खेल्दै गरेका बालबालिका । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ चैत्र २०७८, मंगलवार १०:५९तनहुँको चर्चित कौरा नृत्य
तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा सञ्चालन गरेको आठौ तनहुँ महोत्सव-२०७८ सोमबार आयोजित समापन कार्यक्रममा तनहुँको चर्चित कौरा नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकारहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ चैत्र २०७८, सोमबार ११:३८सीप विकास तालिम
तनहुँको भानु नगरपालिका-१ बंगैचामा सञ्चालन गरिएको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १० दिने गुडिया तथा कुशन निर्माण तालिम समापन पश्चात सामुहिक तस्विरमा सहभागिहरु । वडा नं. १ र २ बाट गरी १६ जना महिलाहरू सीप विकास तालिम लिएका थिए । तस्विर :…
पुरा पढ्नुहोस