फाेटाे फिचर
-
२१ माघ २०७८, शुक्रबार ११:३२बाख्रालाई पिपिआर रोग विरुद्ध खोप
तनहुँको शुक्लागण्डकी नगरपालिका-६ का कृषकहरुको घरगोठमै पुगेर बाख्रालाई पिपिआर रोग विरुद्ध खोप लगाउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका पशु चिकित्सक तथा प्राविधिकहरु । उक्त वडाको तिनखोले देवी कृषि तथा पशुपन्छी कृषक समुहमा आवद्ध ग्यार्सिङ, जाम्दी, कुसे, पोखरीथोक, बयाम, ब्यागान र कमलबोट क्षेत्रलाई…
पुरा पढ्नुहोस -
२० माघ २०७८, बिहीबार ११:३०सोलार पम्पबाट सिंचाई
तनहुँको भानु नगरपालिका-८ बयालेफाँटमा व्यवसायिक रुपमा गरिएको लसुन खेतीमा सोलार पम्पबाट सिंचाई गर्दै कृषक । यहाँका कृषकले सामुहिक रुपमा ४० रोपनी क्षेत्रफलमा आलु र १० रोपनी क्षेत्रमा लसुन खेती गरेका छन् । आलु र लसुन खेतीलाई सहज रुपमा सिंचाई सुविधा उपलब्ध गराउन अकिस्टा नेपाल नामक…
पुरा पढ्नुहोस -
२० माघ २०७८, बिहीबार ११:२४पर्यटकलाई चिया बेचिदै
पोखराको फेवाताल किनारमा घुम्न आएका पर्यटकलाई चिया बेच्दै महिला । फुटपाथमा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै धेरै महिला सानोतिनो व्यवसायबाट आत्मनिर्भर बनेका छ्न् । तस्विर : जमुनावर्षा शर्मा/रासस
पुरा पढ्नुहोस -
२० माघ २०७८, बिहीबार ११:२२परालको गुन्द्री बुन्दै
स्याङ्जाको वालिङ-१४ तमादीकी भगवती लुइँटेल परालको गुन्द्री बुन्दै । पछिल्लो समय प्लास्टिकका गुन्द्री, म्याट लगायत सामग्रीले परालको गुन्द्रीलाई विस्थापित गर्दै गइरहेको छ । तस्बिर : तोलाकान्त बगाले/रासस
पुरा पढ्नुहोस -
१९ माघ २०७८, बुधबार १२:१६सामाजिक सुरक्षा भत्ता लिनै सास्ती
तनहुँको व्यास नगरपालिका-३ स्थित एक बैंकको प्राङ्गणमा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि लामबद्ध लाभग्राहीहरु । व्यास-१४ पोखरीभञ्ज्याङका लाभग्राहीहरु दमौलीमा आएर घण्टौ लाइनमा बसेर सामाजिक सुरक्षा भत्ता बुझ्न बाध्य छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ माघ २०७८, बुधबार ११:५४सुन्तलाको व्यापार
तनहुँको बेनीकोटमा उत्पादित सुन्तला दमौली बजारमा डोकोमा बोकेर बिक्री वितरण गर्दै व्यापारीहरु । व्यापारीहरुले प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्ममा सुन्तला बिक्री वितरण गर्ने गरेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ माघ २०७८, मंगलवार ११:३६१० किलोको एउटै मुला
तनहुँको भिमाद नगरपालिका-१ की हरिमाया सिग्देल आफुले उत्पादन गरेको मुलाको साथमा । समृद्ध भीमकाली समाजद्वारा आयोजित ‘संम्बृद्ध भीमकाली दोश्रो महोत्सव-२०७८’मा एउटै मुला १० किलोग्रामको उत्पादन गर्ने हरिमाया र ५ किलोग्रामको एउटै गानो अदुवा उत्पादन गरी प्रदर्शनी गरेकी स्थानीय सरस्वती सिग्देललाई उत्कृष्ट कृषकका रुपमा सम्मान गरिएको…
पुरा पढ्नुहोस -
१८ माघ २०७८, मंगलवार ११:३०कालीगण्डकी नदी प्रभावित क्षेत्रका विषयमा छलफल
प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेश पोखराले देवघाट गाउँपालिकामा सोमबार आयोजना गरेको कालीगण्डकी नदी प्रभावित क्षेत्र विषयक छलफल कार्यक्रमका सहभागिहरु । सहभागिहरु बीच श्री कृष्णागण्डकी नदी (कालीगण्डकी नदी) तथा यसको प्रभावित क्षेत्रको विकासका निमित्त विगतमा भएका अध्ययन अनुसन्धानको विश्लेषण, जैविक विविधता संरक्षण र जलवायु…
पुरा पढ्नुहोस -
१७ माघ २०७८, सोमबार ११:१७गौशालामा गाई
तनहुँको व्यास नगरपालिका-१० शिशुवा भतेरी स्थित गौ सरंक्षण केन्द्रमा रहेका गाईहरु । छाडा पशुचौपाय नियन्त्रणका लागि नगरपालिकाले तयार गरेको यस केन्द्रलाई पञ्चकाव्य अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आवश्यक अध्ययन अगाडि बढाइएको छ । यस केन्द्र पछिल्लो समय गिद्ध संरक्षण तथा अध्ययन स्थलका रुपमा पनि विकास…
पुरा पढ्नुहोस