फाेटाे फिचर
-
२ कार्तिक २०७८, मंगलवार ११:००बाँझिएको खेत
तनहुँको भानु नगरपालिका-१३ को मिर्लुङ स्थित खरिबोटेमा बाँझिएको खेत । गाउँमा युवा जनशक्ति नहुँदा खेतीयोग्य खेतबारी बाँझिदै जान थालेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ कार्तिक २०७८, सोमबार १२:३०आन्तरिक पर्यटकको चहलपहल
तनहुँको पर्यटकीय नगरी बन्दिपुर स्थित टुडिखेलबाट हिमालको दृष्य अवलोकन गर्दै आन्तरिक पर्यटक । दसैं पर्वसंगै बन्दिपुरसंगै तनहुँका पर्यटकीय गन्तव्यहरुमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्विर : डीपी अधिकारी/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ कार्तिक २०७८, सोमबार १२:१६दसैंका यात्री
तनहुँको दमौली स्थित भोर्लेटार चोकमा आइतबार साँझ दसैं पर्व मनाएर फर्किएका तथा आफ्ना मान्यजनकोमा टीका ग्रहण गर्न हिडेका यात्रीहरु । दसैं पर्वका कारण यतिबेला यातायातका साधान यात्रु भरिभराउ छन् भने शहर, बजार तथा ग्रामीण क्षेत्रमा समेत चहलपहल बढेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ आश्विन २०७८, शुक्रबार १०:४४देवघाटका ज्येष्ठ नागरिकको सामुहिक टीका (फोटोफिचर)
तनहुँको पवित्र धार्मिक स्थलका ज्येष्ठ नागरिकहरुले विजया दशमीको सामुहिक रुपामा टीका ग्रहण गरेका छन । वृद्ध आश्रमा बसेका ज्येष्ठ नागरिकले शुभसाइतमा टीका जमरा ग्रहण गरेका हुन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ आश्विन २०७८, बिहीबार ११:२३चङ्खे (रोटे) पिङ
तनहुँको व्यास नगरपालिका–५ मा दशैंका लागि निर्माण गरिएको चङ्खे पिङ । आजभोलि यस्ता पिङ हराउँदै गएको छ । तस्विर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
२८ आश्विन २०७८, बिहीबार ११:१९निउरो बेच्न बसेका बालिका
तनहुँको व्यास नगरपालिका–१४ छाब्दीमा निउरो बिक्रीका लागि बसेका बालिका । छाब्दीमा पूजा गर्न आउने सर्वसाधारणलाई उनीहरुले निउरो किनिदिन आग्रह गर्ने गरेका छन् । तस्विर : कृष्ण न्यौपाने/ रासस
पुरा पढ्नुहोस -
२८ आश्विन २०७८, बिहीबार ११:०३तनहुँको छाब्दी बराहीमा दर्शनार्थीको भिड (फोटोफिचर))
नवरात्रको नवौं दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा गणकी एउटी देवीको नाम…
पुरा पढ्नुहोस -
२७ आश्विन २०७८, बुधबार १७:५६देवघाटमा १० शय्याको अस्पताल
देवघाट गाउँपालिका–५ स्थित घिनाटारमा दश शय्याको अस्पताल निर्माण हुँदै । ग्रामीण क्षेत्रमा स्वास्थ्य सुविधा विस्तार गर्ने सरकारको लक्ष्य बमोजिम गाउँपालिकामा अस्पताल निर्माण भइरहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ आश्विन २०७८, मंगलवार १९:३१दसैंमा पीङको रमाइलो
तनहुँको व्यास नगरपालिका-१२ कमलबारी स्थित कन्टेनर कफि हब प्राङ्गणमा हालिएको लिङ्गे पीङ खेल्दै टिकटक बनाउँदै युवतीहरु । पछिल्लो समय पीङ संस्कृति लोप हुँदै जान थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस