फाेटाे फिचर
-
१७ मंसिर २०८२, बुधबार १३:२३कोदो पाक्यो
तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङमा सामूहिक रुपमा कोदो टिप्दै माझिलाङ कृषि महिला समूहका किसान । ग्रामीण तथा उर्जा संस्थाले कोदो खेतीलाई व्यवसायीक रुपमा अगाडि बढाउनका लागि विऊविजन तथा प्राविधिक सहयोग उपलब्ध गराउन सहजिकरण गर्दै आएको छ । तस्बिर : मिला दरै/रासस
पुरा पढ्नुहोस -
१७ मंसिर २०८२, बुधबार १३:१८खाद्य स्वच्छता सम्बन्धी सचेतना
तनहुँको बन्दीपुरमा जारी छैठौँ बन्दीपुर महोत्सवमा खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम गरिदै। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले महोत्सव स्थलमा “खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता” भन्ने नारासहित खाद्य स्वच्छता सचेतना कार्यक्रमअन्तर्गत महोत्सवमा सहभागि व्यवसायी, सर्वसाधारणलाई सुरक्षित तथा स्वच्छ खाद्य उत्पादन र वितरणबारे…
पुरा पढ्नुहोस -
१६ मंसिर २०८२, मंगलवार १३:०६३८औं विश्व एड्स दिवस : दीप प्रज्ज्वलन र कण्डम वितरण
३८औ विश्व एड्स दिवसको अवसरमा दमौलीस्थित प्रशासनचोकमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिदै । प्रदेश जनस्वास्थ्य कर्यालय तनहुँ, तनहुँ सहयोगी समूह लगायतका संघसंस्थाहरुले एचआइभी संक्रमणबाट निधन भएकाको सम्झनामा दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, निमित्त प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी…
पुरा पढ्नुहोस -
१६ मंसिर २०८२, मंगलवार १२:५९नवनिर्मित विद्यालय भवन उद्घाटन समारोह
तनहुँको भानु नगरपालिका–५ बारीफाँटस्थि श्री नारायणी आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण समारोहमा सहभागि अतिथि, शिक्षक, अभिभावक र विद्यार्थीहरु । युडब्लुयस नेपाल, विद्यालय व्यवस्थापन समिति र भानु नगरपालिकाको साझेदारीमा निर्मित ११ कोठे विद्यालय भवनको सोमबार नगरप्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गरेका गरेका थिए । तस्विर…
पुरा पढ्नुहोस -
१५ मंसिर २०८२, सोमबार १३:१८मोबाइलमा रमाएको पुस्ता
तनहुँको बन्दीपुरमा शनिबार विद्यालय विदा भएपछि घरको पेटीमा बसेर मोबाइलमा गेम खेल्दै गरेका बालकहरु । पछिल्लो समय प्रविधिको विकास र पहुँचसंगै बालबालिकाहरु मोबाइलमा रमाउन थालेका छन् । तस्विर : नारायण खड्का/’भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ मंसिर २०८२, आईतवार १४:०५मर्स्याङदी उपत्यका
तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको मर्स्याङदी उपत्यका र आकर्षक हिमश्रृंखला। बन्दीपुर घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटक यहाँबाट देखिने प्राकृतिक दृष्यले आकर्षित हुने गर्दछन् । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, धवलागिरी लगायतका हिमश्रृंखला देख्न सकिन्छ । कोलाहलमुक्त शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि बन्दीपुर उकृष्ट गन्तव्यका…
पुरा पढ्नुहोस -
१४ मंसिर २०८२, आईतवार १३:५१कृषकको बारीमा कृषि प्राविधिकको टोली
तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित सुन्तला उत्पादन क्षेत्रको स्थलगत अनुगमन गर्दै कृषि विकास कार्यालय तनहुँका कृषि विशेषज्ञ तथा प्राविधिको टोली । टोलीले सुन्तला उत्पादन वृद्धि, रोग–कीरा व्यवस्थापन र गुणस्तर सुधारसम्बन्धी विषयमा कृषकहरूसँग छलफल तथा सुझाव आदान–प्रदान गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ मंसिर २०८२, शुक्रबार १२:५७मुटु परीक्षण स्वास्थ्य शिविर
तनहुँको भानु नगरपालिकाले मनमोहन कार्डियोथेरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंको प्राविधिक सहयोगमा वडा नं. ५ को परनडिहि नगर अस्पतालमा विहीबार सञ्चालन गरेको मुटु परीक्षण स्वास्थ्य शिविरमा एक बालकको मुटु परीक्षण गर्दै स्वास्थ्यकर्मीहरु । नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ वर्ष…
पुरा पढ्नुहोस -
१२ मंसिर २०८२, शुक्रबार १२:५०पर्यटकको चासो
थाइल्याण्डबाट तनहुँको बन्दीपुर घुम्न आएका पर्यटकहरु बन्दीपुर बजारमा रहेको एक मन्दिरको टुँडालमा कुदिएका आकृतिलाई चासोको साथ नियाल्दै । बन्दीपुर आउने पर्यटकहरु यहाँका परम्परागत पुराना घर, यहाँ धार्मिक मठमन्दिर, प्राकृति सौन्दर्यले लोभिने गर्दाछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस