फाेटाे फिचर
-
३ मंसिर २०८२, बुधबार १२:४४कोदो टिप्दै
तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका किसानहरु पाकेको कोदो टिप्दै । ग्रामीण क्षेत्रको प्रमुख बालिका रुपमा लिइने कोदो पछिल्लो समय युवा जनशक्तिको अभावमा कोदो खेती कम हुँदै गएको छ भने यसको माग भने बढ्दै गएको छ । तस्विर : अशोक विश्वकर्मा/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ मंसिर २०८२, बुधबार १२:३८हिमालको फोटो कैद
पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरस्थित टुडिखेलबाट हिमालको फोटो क्यामेरामा कैद गर्दै एक पर्यटक । पर्यटकीययाम सुरु भएसंगै बन्दीपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढेको छ । तस्विर : वसन्त पौडेल/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ मंसिर २०८२, मंगलवार १२:०४ठेक्का सम्झौताको छ वर्षपछि सडक कालोपत्रको तयारी
तनहुँको भानुमार्ग अन्तर्गत भानु नगरपालिका–१३ चन्द्रावती–पोखरीछाप सडक खण्डमा कालोपत्र गरिदै । यो सडक खण्डको १० किलोमिटर सडक स्तरोन्नती तथा कालोपत्रका लागि २०७६ कात्तिक ४ गते शंकरमाली कन्ट्रक्सन काठमाडौंले २०७८ माघ १५ गतेसम्म काम सम्पन्न गर्ने गरी पूर्वाधार विकास कार्यालय तनहुँसंग ठेक्का सम्झौता गरेको थियो ।…
पुरा पढ्नुहोस -
१ मंसिर २०८२, सोमबार १४:१८प्रकृति र संस्कृतिको उत्कृष्ट गन्तव्य टुटेपानी
तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ ठूलोढुंगास्थित टुटेपानी नमुना समुदायिक होमस्टे । प्रकृति र गुरुङ समुदायको संस्कृतिसंग रम्न चहानेका लागि उत्कृष्ट गन्तव्यका रुपमा टुटेपानी होमस्टेलाई विकास गर्दै लगिएको छ । स्थानीय उत्पादनको उपभोगसंगै तनहुँकै दोश्रो अग्लो पहाड मिर्लुङकोट क्षेत्रको पदयात्रा, धार्मिक, साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक लगायत विविध क्षेत्रको…
पुरा पढ्नुहोस -
१ मंसिर २०८२, सोमबार १३:५९जनज्योति भिमादमा च्याम्पियन
भिमाद नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड तथा नवौ मेयर कप प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालयले ९ स्वर्ण, २ रजत र २ कास्य पदक जितेर च्याम्पियन बनेको छ । प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ५ कास्य सहित १२ पदक जितेको बालशैक्षणिक माध्यमिक विद्यालय द्धितीय तथा…
पुरा पढ्नुहोस -
३० कार्तिक २०८२, आईतवार १६:०४किसानलाई धान भित्र्याउने चटारो
तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित कुडुले खेतमा पाकेको धान थनकाउनका लागि झाट्दै गरेका किसानहरु । यतिबेला असारमा रोपेको धानको बीउ पाकेपछी किसानलाई थन्काउने चटारो छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ कार्तिक २०८२, शुक्रबार ११:४०सडक विस्तार
मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने–पोखरा) अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिकास्थित मौरीओढारमा सडकको नाला निर्माण गरिदै । योजनाले पश्चिम खण्डकको सडक विस्तार कार्यलाई तीब्रता दिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ कार्तिक २०८२, बिहीबार ११:५१पोषण लेखाजोखा
तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनिटार स्वास्थ्य चौकी अन्तर्गत वडा नं. ४ दुलेगौंडाको स्वास्थ्य आमा समुहको सुनौलो हजार दिनका आमाहरु साथै ५ वर्ष मुनिका बालबालिकाहरुको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रममा सहभागि स्थानीय महिलाहरु र सहजिकरण गर्दै स्वास्थ्यकर्मी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ कार्तिक २०८२, बिहीबार ११:४८घुमाउने घरको पृष्ठभूमिमा हिमाल
तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङ रहेको परम्परागत घुमाउने घर र हिमाललाई पृष्ठभूमि बनाई तस्विर खिचाउँदै आन्तरिक पर्यटक । पर्यटकीय सिजन सुरुभएसंगै प्रकृतिसंग रमाउनेहरु यतिबेला हिमाल, सूर्योदय, सूर्यअस्ता तथा बेसी र उपत्यकामा बिहानको समयमा लाग्ने कुहिरोको आकर्षक दृष्यावलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकहरु उच्च पहाडी क्षेत्र…
पुरा पढ्नुहोस