फाेटाे फिचर
-
२६ कार्तिक २०८२, बुधबार १३:१०बालबालिकालाई स्वर्णविन्दु प्राशन
प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा मंगलबार बिहान बालबालिकालाई स्वर्णविन्दु प्राशन कार्यक्रमको शुभारम्भ गराउँदै गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ र स्वास्थ्यकर्मीहरु । तनहुँमा पहिलो पटक एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइँदैछ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ कार्तिक २०८२, मंगलवार १२:४६पाहुनालाई स्वागत
तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसूर सामुदायिक होमस्टेमा पुगेका पाहुनालाई स्वागत गर्दै स्थानीय होमस्टे सञ्चालक । मुलुकको पौराणिक राज्यहरु मध्ये कान्तिपुर र पाल्पा वीचको सवैभन्दा शक्तिशाली राज्यको रुपमा रहेको तनहुँसूर क्षेत्र ऐतिहासिक, प्राकृतिक र ग्रामीण पर्यटकीय गन्तव्यको रुपमा विकास हुने प्रतिक्षामा रहेपनि यस तर्फ स्थानीय तथा…
पुरा पढ्नुहोस -
२५ कार्तिक २०८२, मंगलवार १२:४०दुई प्रदेश जोड्ने पक्की पुल
तनहुँको घिरिङ गाउँपालिका–१ र रामपुर नगरपालिका–१ स्याउली बजार स्थित कालीगण्डकी नदीमाथि निर्माणाधिन पक्की पुल । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण भएसँगै तनहुँ र पाल्पासहित दुवै प्रदेशका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । तस्बिरः सागर गिरी/रासस
पुरा पढ्नुहोस -
२३ कार्तिक २०८२, आईतवार ११:३३ऋषिङ पाटनको फाँटमा पाक्यो धान
तनहुँको भिमाद नगरपालिका–५ ऋषिङ पाटनको फाँटामा धान पाकेर पहेलपुर देखिएको छ । असारमा रोपिएको धानको विऊ पाकेपछि यहाँका कृषकहरु धान थन्काउने चटारोमा छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ कार्तिक २०८२, शुक्रबार १३:३४भिटामिन ए खुवाईदै
तनहुँको ऋषिङ गाउँपालिकाअन्तर्गत ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मी सेवा क्षेत्रका बालबालिकालाई यस आर्थिक वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए खुवाउँदै । स्वास्थ्य इकाईले भिटामिन ए संगै विहीबार जुकाको औषधी वितरण र बालभिटा वितरण तथा पोषण लेखाजोखा कार्यक्रम संचालन गरेको छ । यस्तै, तनहुँका दशवटै पालिकाका…
पुरा पढ्नुहोस -
२० कार्तिक २०८२, बिहीबार १३:१०सुन्तला बजार पठाउने तयारी
तनहुँको घिरिङ गाउँपालिका–३ का कृषक दहल सिं थापाले उत्पादन गरेका सुन्तला खरिद गरी बजार पठाउने तयारी गरिदै । व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका थापाले उत्पादित सुन्तला बारिबाटै व्यापारिलाई बिक्री वितरण गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० कार्तिक २०८२, बिहीबार १३:०१तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणाधिन मुख्य बाँध । परम्परागत जलाशययुक्त प्रणालीमा आधारित यो आयोजना नेपालको जलविद्युत इतिहासमै पहिलो कङ्क्रिट गुरुत्व बाँधयुक्त रहेको आयोजनाले जनाएको छ । यस आयोजनाको मुख्य बाँध एक सय ४० मिटर अग्लो हुनेछ । तस्विर…
पुरा पढ्नुहोस -
१९ कार्तिक २०८२, बुधबार १२:५६खेलकुद प्रतियोगिता
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित शुक्ला माध्यमिक विद्यालयका विद्यार्थीहरु अन्तर सदनात्मक भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै । प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई विद्यालयले जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागि गराउने भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ कार्तिक २०८२, मंगलवार १२:३४पाकेको खेतीमा झरीले क्षति
तनहुँको भानु नगरपालिका–८ बलेटारका एक कृषकले पाकेको धानखेती भित्र्याउनका लागि काटेर सुकाएसंगै झरीपरेपछि खेतको निहिनमै उम्रिएको धान । निबेक लगाएर गरिएको खेती भित्र्याउन तयारी गरिरहदा झरीपरेपछि पाकेको धान भुइँमा टाँसिएर आधा खेतमै झरेको छ भने बाँकी बचेको धानपनि निहिनमै उम्रिएको स्थानीय कृषक विनोद खतिवडाले बताए…
पुरा पढ्नुहोस