फाेटाे फिचर
-
३० माघ २०७७, शुक्रबार ११:३२वनको विरुवा नर्सरी तयारी
तनहुँको बन्दीपुर गाउँपालिका विमलनगरस्थित सव डिभिजन वन कार्यालयमा बिरुवा उत्पादनका लागि पोलिव्याग भर्ने काम गरिदै । कार्यालयले बिरुवा उत्पादन गरेर निःशुल्क रुपमा वितरण गर्ने गरेको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ माघ २०७७, बुधबार ११:५१नमुना बन्दै रामकोट गाउँ
तनहुँको बन्दीपुर गाउँपालिका-३ रामकोट गाउँ र घर अगाडि भण्डारण गरी राखिएको मकैको सुली । गाउँपालिकाले पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तरगत मुख्यमन्त्री नमुना गाउँको रुपमा विकास गर्न बाटो तथा घरको आँगनमा ढुंगा छाप्ने, खानेपानी, सडक बत्ती जडान लगायतका कामलाई तीब्रता दिएको छ । स्थानीयहरु महिलाहरुले रामकोट सामुदायिक…
पुरा पढ्नुहोस -
२८ माघ २०७७, बुधबार ११:४१कपडा सिलाइमा व्यस्त महिला
तनहुँको व्यासनगरपालिका-२ सत्यवती लाइनमा सञ्चालित फ्रेण्ड्स फेशन गार्मेन्टमा कपडा सिलाईमा व्यस्त महिला । सो गार्मेन्टमा अहिले ४५ जना महिला पुरुषलाई रोजगारी गर्दै आएका छन् । तस्विर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस -
२८ माघ २०७७, बुधबार ११:३९सामुदायिक वन गोडमेल
तनहुँको आँबुखैरेनी गाउँपालिका-३, ढकालटार घोक्रिङ सामुदायिक वनका उपभोक्ताहरु वन गोडमेल गर्दै । सव डिभिजन वन कार्यालय विमलनगरले जिल्ला वन पैदावर आपुर्ति समितिको स्वीकृत कार्ययोजना वमोजिम वन सम्बर्द्धनका लागि उपभोक्तालाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ माघ २०७७, मंगलवार १२:२२फेवातालमा पानी घटाएपछि देखिएको दृश्य (तस्विर सहित)
निशा थापा मगर (भञ्ज्याङ न्युज) पर्यटकीय राजधानी पोखराको पहिचान बनेको फेवाताल । फेवातालको आफ्नो छुट्टै इतिहास र पहिचान छ । फेवाताल संरक्षणको लागि अहिले बाँध निर्माणको कार्य अगाडि बढाइएको छ । बाँध तथा नहर निर्माण गर्न भन्दै फेवातालको पानी करिब एक मिटर घटाइएको छ ।…
पुरा पढ्नुहोस -
२६ माघ २०७७, सोमबार ११:२२पाहुनालाई कोदोको रोटी
तनहुँको बन्दिपुर गाउँपालिका-३ स्थित रामकोट सामुदायिक होमस्टेका महिलाहरु कोदोको रोटी पकाउँदै । यस गाउँको होमस्टेमा पुग्ने पाहुनालाई बिहानाको नास्ताका रुपमा कोदोको रोटी, मकै, गुन्द्रुकको अचार, बट्टैको अण्डा, लगायतका स्थानीय स्तरमै उत्पादित खानाका परिकार खुवाउने गरिन्छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ माघ २०७७, सोमबार ११:०५व्यावसायिक रुपमा गरिएको मौरीपालन
बागलुङको गलकोट नगरपालिका-९, मल्म छिसका किसान मित्र खरेलले गरेको व्यावसायिक मौरीपालन । तस्बिर : रामबहादुर थापा/रासस
पुरा पढ्नुहोस -
२६ माघ २०७७, सोमबार १०:५४तरकारी संकलन तथा बिक्री केन्द्र निर्माण
तनहुँको बन्दिपुर गाउँपालिका-१ नाहालामा तरकारी संकलन तथा बिक्री केन्द्र निर्माणका लागि स्थानीय हरियाली कृषक समूहमा आवद्ध कृषकहरु श्रम दान गर्दै । कृषि ज्ञान केन्द्र तनहुँको पहलमा प्रदेश सरकारको तर्फाट प्राप्त १० लाख रुपैयाँबाट उक्त भवन निर्माण शुरु गरिएको गाउँपालिकाले पनि लागत सहभागितामा बजेट विनियोजन गरेको…
पुरा पढ्नुहोस -
२५ माघ २०७७, आईतवार ११:३९आमा समूहलाई नेतृत्व विकास तालिम
तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रे स्थित शहिद लालध्वज आमा समूहमा आवद्ध सदस्यहरु पाँच दिने उद्घोषण तथा नेतृत्व विकास तालिम लिएपछि सामुहिक तस्विरमा । तस्विर: राजकुमार आले/भञ्ज्याङ
पुरा पढ्नुहोस