फाेटाे फिचर
-
१२ श्रावण २०८२, सोमबार १४:०१मादी र सेती नदीको संगमस्थल
तनहुँको ब्यास नगरपालिकाको व्यास पराशर क्षेत्ररमा रहेको मादी र सेती नदीको संगमस्थल र यहाँ करोडौ रुपैयाँ खर्च गरिएको पार्क अलपत्र अवस्थामा। पौराणिक कथन अनुसार बेदब्यासकी आमा सत्यवती (मत्स्यगन्धा) र पिता पराशरको यहीँ अर्थात मादीसेती संगमस्थलमा भेट भएको थियो । यस भूमिलाई पबित्र मानिएपनि यसको सामयिक…
पुरा पढ्नुहोस -
११ श्रावण २०८२, आईतवार १४:२३चुँदी फाँटमा रोपाई
तनहुँको भानु नगरपालिका–४ चुँदीको ढकाल फाँटका किसानहरु खेतमा रोपाई गर्दै । प्रयाप्त वर्षा नहुँदा आकाशे पानीको भरमा रापाई हुने खेतहरुमा किसानले रोपाई गर्न पाएका छैनन् भने रोपिएका खेत पनि सिंचाई नहुँदा धाँजा फाटेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ श्रावण २०८२, बिहीबार १३:१७वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण
तनहुँको भानु नगरपालिकाले वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले बुधबारवडा नम्बर ११ बाट ७४ जना, १२ बाट २६ जना र १३ बाट १४३ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । पालिकाको जनमैत्री सेवा प्रवाह र नागरिकको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन…
पुरा पढ्नुहोस -
६ श्रावण २०८२, मंगलवार १३:००शिवको पूजाअर्चना
पवित्र तीर्थस्थल तनहुँको देवघाटधाममा साउनको पहिलो सोमबार भगवान् शिवको पूजाअर्चना गर्दै भक्तजन । तनहुँ, नवलपुरर चितवनको सिमानामा पर्ने देवघाटधाममा स्नानका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत तीर्थालुहरु आउने गर्दछन्। यस्तै सोमबारबाट बोलबम मेला सुरु गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ श्रावण २०८२, मंगलवार १२:५३अपाङ्गता भएकालाई घरमै नागरिकता
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीकी नविना खनाललाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी । जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नविनाको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयबाट नै तयार गरी उनको औठाछाप घरमै लगाएर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको थियो ।…
पुरा पढ्नुहोस -
४ श्रावण २०८२, आईतवार १२:०१तनहुँको डुम्रे बजार
तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजार । लमजुङ र मनाङको व्यापारिक केन्द्र रहेको डुम्रेबजार पृथ्वीराजमार्ग विस्तार अन्तर्गत डुम्रे बजार खण्डमा छ लेनको सडक विस्तार गरिएपछि बजार क्षेत्र साघुरिएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
२ श्रावण २०८२, शुक्रबार १२:५९ईशानेश्वर महादेव मन्दिर
लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिर । दोस्रो पशुपतीनाथ मन्दिरको रुप मानिने यस मन्दिरमा साउन महिनामा भक्तजनहरु पूजाअर्चनका लागि आउने गर्दछन् । तस्बिर : देवेन्द्र गुरूङ/रासस
पुरा पढ्नुहोस -
३२ असार २०८२, बुधबार १२:४२खड्गदेवी मन्दिर
तनहुँको बन्दीपुर गाउँपालिका–४ मा रहेको खड्गदेवी मन्दिर । नवरात्रको एक दिनमात्रै खुल्ने यो मन्दिर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यसै वर्षदेखि प्रत्येक दिन खुल्ला गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३२ असार २०८२, बुधबार १२:३८बासको चोयाबाट छत्री बुन्दै
तनहुँको म्याग्दे गाउँपालिका–६ मनपाङका एक वृद्ध बासको चोयाबाट छत्री बुन्दै । गाउँघरमा घाममा काम गर्दा घाम छेक्न प्रयोग गरिने छत्रीको प्रयोग पछिल्लो समय कम हुँदै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस