फाेटाे फिचर
-
१६ चैत्र २०८१, आईतवार ११:३१चार लेनमा सडक विस्तारपछि बन्दीपुरको नाहाला क्षेत्र
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहाला खण्डमा चार लेनमा सडक बिस्तार गरिएपछीको दृष्य । पूर्वी खण्ड (आँवुखैरेनी–जामुने)को काम करिब ८१ प्रतिशत सकिएको योजनाले जनाएको छ । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
१४ चैत्र २०८१, शुक्रबार ०८:५२मकैको विऊ छर्दै
तनहुँको भिमाद नगरपालिका–३ सुनाकोटका कृषकहरु पाखो बारीमा मकैको बिऊ छर्दै । सिंचाई सुविधा नभएका ग्रामीण क्षेत्रका पाखो बारीमा यतिबेला कृषकहरु हिउँदे मकैको विऊ छर्न/रोप्न व्यस्थ छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ चैत्र २०८१, शुक्रबार ०८:४७धानको बिऊ उखेल्दै
तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेका कृषकहरु चैते धान खेतीका लागि ब्याडमा बिऊ उखेल्दै । सिंचाई सुविधा भएका खेतीमा अहिले कृषकहरु चैते धान रोपाईको चटारोमा छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ चैत्र २०८१, बिहीबार ०८:३६कुलमानको समर्थनमा आन्दोलन
तनहुँको बन्दीपुर गाउँपालिकाको बन्दीपुरमा कुलमान घिसिङ बर्खास्ती विरुद्ध नेकपा माओवादी केन्द्र बन्दीपुर गाउँ कमिटीको नेतृत्व तथा नागरिक समाजको सहभागितामा बन्दीपुरमा गरिएको सरकार विरुद्ध आन्दोलनमा सहभागिहरु । कुलमान घिरिङको समर्थनमा बन्दीपुर गाउँपालिकाको विभिन्न ठाउँमा मशाल जुलुस र कोण सभा गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ चैत्र २०८१, बुधबार १२:१४आँधिमुल बाराही मन्दिर
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधिमुल बाराही मन्दिर । यस मन्दिरमा धार्मिक पर्यटकको आगमन र वन भोज खानेको संख्या बढ्दै गएपछि गाउँपालिकाले मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लगेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ चैत्र २०८१, बुधबार १२:०५तनहुँ जलविद्युतको बाँध निर्माणस्थल
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल । ऋषिङ–१ र व्यास–५ को सीमाना सेतीनदीमा बाँध निर्माणका लागि जग खन्ने काम सकिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० चैत्र २०८१, सोमबार १३:४१भानुको साजबोटे क्षेत्र
मौसम खुलेपछि देखिएको तनहुँको भानु नगरपालिका–१ साजबोटे बस्ती, आसपासको क्षेत्र र पृष्ठभूमिमा लमजुङ हिमाल । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
९ चैत्र २०८१, आईतवार १७:०५सडक ढलानको तयारी
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली–दरगाउँ सडकको नाला निर्माण गरी ढलानका लागि सोलिङ गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ चैत्र २०८१, शनिबार १३:५६खसी बनाउन बोकाको बन्ध्याकरण
तनहुँको ऋषिङ्ग गाउँपालिका अन्तर्गत पशु सेवा शाखाले वडा नं. ३ मा सञ्चालन गरेको घुम्ति शिविरमा खसी बनाउनका लागि बोकाको बन्ध्याकरण गर्दै गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक । पशु सेवा शाखाले वडा नं. ३ को नाजुङ्ग र सोलुङ्ग गाउँका पशुपालक कृषकहरुलाई पशु सेवा÷पशु स्वास्थ्य प्राविधिक मार्फत विभिन्न…
पुरा पढ्नुहोस