फाेटाे फिचर
-
१० भाद्र २०८१, सोमबार ११:४४तनहुँ र पाल्पा जोड्ने निर्माणधिन पक्की पुल
पाल्पाको रामपुर नगरपालिका–१ र तनहुँको घिरिङ गाउँपालिका–१ जोड्ने कालीगण्डकी नदीको पुट्टारघाटमा निर्माण हुँदै गरेको पक्की पुल । यहाँ पुल निर्माण भएपछि पाल्पा, तनहुँका नागरिकलाई आवतजावतमा सहज हुनेछ । तस्बिर : सुशीला रेग्मी/रासस
पुरा पढ्नुहोस -
९ भाद्र २०८१, आईतवार ११:५८सहिद कालिका पार्क सरसफाई
तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ सहिद कालिका जंगल पार्कमा शनिबार बिहान सरसफाइ गर्दै चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेनाहरु । युवा अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ भाद्र २०८१, शुक्रबार १२:४१कोदो बाली संरक्षण अभियान
तनहुँको भिमाद नगरपालिकाले स्टार्ट अप भिमाद कृषि परियोजना अन्तर्गत लोपोन्मुख रैथाने वाली कोदो संरक्षण एंव सम्बर्दन कार्यक्रम अगाडि बढाएको छ । यही कार्यक्रम अन्तरगत भिमाद–७ को राङ्गरुङमा ७२ रोपनी जग्गामा कोदो रोप्ने काम आरम्भ गर्दै भिमाद नगर प्रमुख दधिराज सुवेदी र स्थानीय कृषकहरु । तस्विर…
पुरा पढ्नुहोस -
६ भाद्र २०८१, बिहीबार १२:४८निरन्तरको वर्षाले सडक भाँसियो
तनहुँको भिमाद नगरपालिका–८ भागर जरेवर मार्गअन्तर्गत सिम्ले टोलमा भासिएको सडक । निरन्तरको वर्षाका कारण सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ । सडक भासिएपछि नगरप्रमुख दधिराज सुवेदी सहितको सरोकारवाला टोलीले स्थलगत अनुगमन गरी तत्काल सडक निर्माणको काम अगाडि बढाउने तयारी गरेका छन् । तस्विर :…
पुरा पढ्नुहोस -
५ भाद्र २०८१, बुधबार १३:०७बाढिले वन्टाङ खोलाको कज्वे बगायो
सोमबार रातीदेखि परेको झरीका कारण आएको बाढीले तनहुँको भिमाद नगरपालिकास्थित वन्टाङ खोलाको कज्वे भत्काएको छ । कज्वे भत्किएपछि ऋषिङ पाटनका बासिन्दालाई भिमाद तर्फ आउजाऊ गर्न तथा सवारीसाधान सञ्चालन कार्य अवरुद्ध भएको छ । वर्खायाममा यस क्षेत्रका बासिन्दाले खोला वरपार गर्न समस्या झेल्नुपरेपछि तनहुँ जलविद्युत आयोजनाले…
पुरा पढ्नुहोस -
५ भाद्र २०८१, बुधबार १३:०१गाईजात्रामा टाकटुके नाच
गाइजात्रा पर्वका अवसरमा तनहुँको दमौलीमा मंगलबार साँझ नेवार समुदायले प्रदर्शन गरेको टाकटुके नाच । नेवार समुदायको साँस्कृतिक पर्व अनुसार एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाइजात्रा निकाल्ने गर्दछन् । दिवङ्गत आफन्तको सम्झनामा नेवार समुदायको वसोसास रहेका तनहुँका विभिन्न ठाउँमा मंगलबार गाइजात्रा निकालेको छ । दिवङ्गत…
पुरा पढ्नुहोस -
४ भाद्र २०८१, मंगलवार १२:३०ऋषिङमा नेवार समुदायको लाखेनाच
तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित भिमसेन नेवा खलले सोमबार साँझ प्रदर्शन गरेको लाखेनाच । यतिबेला नेवार समुदायको बसोवास रहेका क्षेत्रमा परम्परागत संस्कृति महत्व बोकेको लाखेनाच प्रदर्शन गर्ने गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३२ श्रावण २०८१, शुक्रबार १२:४९तनहुँको दुलेगौंडा बजारमा सडक विस्तारसंगै नाला निर्माण
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार योजना अन्तर्गत तनहुँको दुलेगौंडा बजारमा सडक नाला निर्माण गरिदै। बजार क्षेत्रमा छ लेनको सडक विस्तार गरिने भएपनि दुलेगौंडा बजार क्षेत्रमा २३/२३ मिटर भित्र सडक विस्तारको काम भइरहेको छ । केही घरधनीहरुले सडक सीमा क्षेत्रभित्रका घरटहरा नहटाउँदा विद्युत लाइन विस्तारमा समस्या आएको…
पुरा पढ्नुहोस -
३२ श्रावण २०८१, शुक्रबार १२:३८विद्यालय जाने बाटो बनाउँदै शिक्षक र विद्यार्थी
तनहुँको घिरिङ गाउँपालिका–४ स्थित कृष्णा गंगा आधारभुत विद्यालय जाने बाटो पहिराले अवरुद्ध बनाएपछि पहिरो हटाएर हिड्ने बाटो बनाउँदै शिक्षक र विद्यार्थीहरु । पालिका तथा अन्य निकायले पहिरो हटाएर बाटो नबनाइदिदा बालबालिकाहरुलाई विद्यालय आउँजाउँ गर्न समस्या पर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस